रुपन्देहीेमा युवती मृत फेला



यमलाल भुसाल, बुटवल ।
म्ुालुकका विभिन्न स्थानमा महिला हिंसाका घटना भैरहेकोमा रुपन्देहीमा एक युवतीको सव फेला परेको छ् ।
जिल्लाको शुद्धोधन गाउँपालिका ७ दानव खोला किनारमा एक युवतीको सव फेला परेको प्रहरीले जनाएको छ् ।
अन्दाजी करिव २२ वर्षीया युवतीको शव भेटिएको तर सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
युवतीको घाटीमा निलडाम देखिएकाले मृत्यु शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक उमेश जोशीले बताउनु भयो ।
युवती मृतक फेला परेको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर स्थानीय जनप्रतिनिधिहरुलाई बोलाएर पहिचान गर्न खोजेपनि कसैले नचिनेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
युवतीको शव अहिले भीम अस्पताल भैरहवामा ल्याइ पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनालाई गम्भीर रुपमा लिइ अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्