टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक



¥यापर लाहुरे र गायक विपुल क्षत्रीको विश्वव्यापी कलाकार डिप्लो र मोसँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ।
अमेरिकी निर्माता तथा डीजे, डिप्लो, जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए। डेनमार्कका लोकप्रिय कलाकार मोसँग फेरि आएका छन्। उनीहरूको सहकार्यमा स्टे ओपन नामक ट्र«्याक रचना भएको छ भने स्थानीय नेपाली संस्करणका लागि लाउरे र विपुलले उनीहरूका लागि ओपन टु मोर हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्द पुनःलेखन गरेका छन्। केही महिनासम्म स्टुडियोमा एक–अर्काको विचार र धारणा साटासाट गरेपछि टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस स्टे ओपन ट्र«्याक र भिडियोले एउटा विश्वव्यापी टुबोर्ग ओपन प्ल्याट्फर्मसँग विश्वव्यापी र स्थानीय कलाकारलाई मिलाई उनीहरूको विचार र धारणा झल्काउँछ। यो सहकार्यले संगीतको कुनै सीमा हुँदैन र संगीतले सीमाभन्दा बाहिर रहेको सिर्जनात्मक विचारलाई ल्याई सोच्न सहयोग पु¥याउँछ भन्ने प्रमाणित गर्दछ। विपुल र लाउरेको पेनहेगन गई डेनिस कलाकार मोसँग भेटेर उनीहरूको संगीत बनाउने खुला सोच एक–अर्कासँग बाँडी स्टे ओपन गीतको नेपाली संस्करण तयार पारेका थिए।
डेनिस गायक तथा गीतकार मो विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन्। ‘मेरो लागि तयार भएको ट्र«्याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ। नयाँ चल्तीका बारेमा खुलारूपले सोच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोचेका कुरा कहिलेकाहीं राम्रोसँग मिल्न जान्छ।’ –उनको भनाइ छ। लाउरेचाहिँ भन्छन्– ‘यसपटक टुबोर्ग ओपनले विश्वभरको सांगीतकारलाई एउटा ओपन अन्तर्राष्ट्रि«य मञ्चमा ल्याएको छ।’
गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाइरेक्टर बैभव शर्माले यो नेपाली कलाकारका लागि ठँलो अवसर भएको बताए। यो विश्वव्यापी ट्र«्याक ११ मे २०१८ मा प्रदर्शन भएको थियो भने यसको लगत्तै जुनबाट लिरिक्स भिडियो पनि प्रदर्शन भएको थियो। अभियान अन–प्याड र डिजिटलका साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारका साथ लाइभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्