छविलाल पौडेल रिहा



काठमाडौं । चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएसँगै मुख्य आरोपी भनिएका छविलाल पौडेल सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

गत असार २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पौडेलले आइतबार सफाइ पाएपछि सोमबार रिहा भएका हुन् । उनी पुर्पक्षका लागि थुनामा थिए।  त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ । रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका थिए । समर्थकले पञ्चेबाजासहित यालीसमेत निकालेका छन् ।

यसअघि नेकपाका अध्यक्ष प्रचण्डले उनको स्वागत गर्ने भनिए पनि उनी भने उपस्थित भएनन् । रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्