उत्तर कोरियाको ७० औं वार्षिकोत्सव अन्तरमहादेसिय क्षेप्यास्त्र विहिन



सोल,(एजेन्सी)
उत्तर कोरियाको इतिहासमै शायद पहिलो पटक राष्ट्रको स्थापना दिवस फरक ढंगले आयोजित भएको राजधानी प्योंगयांगमा उपस्थित पंत्यक्षदर्शीहरुले बताएका छन् ।

 

आइतवार आयोजित उक्त ७० औं वार्षिकोत्सव समारोहका अवसरमा प्योंगयांगमा आयोजित सैनिक परेडमा अन्तर्राष्ट्रिय जगतमा हाल सम्मै निकै विवादको विषय बनेको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरु प्रदर्शन गरिएनन् । केवल सैनिक टैंक र तोपसंगै हजारौं सैनिकले उत्तर कोरिया सवोच्च नेता किम जोंग उन उपस्थित सो परेडमा मार्चपास गरेका छन् ।

सो मार्चपासमा अन्य सैनिक बाहन, रकेट लन्चर्स र टैंकहरु पङितवद्ध रुपमा अघि बढेको थियो । त्यसैगरी आकाशमा सैनिक लडाकु विमानहरुले आतिसबाजी र युद्धकौशल प्रदर्शन गरेका थिए । तर परेडको पुछारमा त्यहाँ विमान भेदक क्रुज क्षेप्यास्त्र कुम्सोङ–३ र जमिनबाट आकासमा मार हान्ने पोन्गे–५ राखिएको भएपनि संयुक्त राज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र भने प्रदर्शन गरिएको थिएन ।

उत्तर कोरियालले चीनसँगको आफ्नोमैत्री सम्बन्ध विशेष रहेको देखाउन चिनीयाँ राष्ट्रपति सि जिन्पिंगका कूटनीतिक प्रतिनिधि एवं चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य लि झांग्सु ले समेत नेता किमसँगै मार्चपास गर्ने सैनिकले चढाएको एकाइस तोप सलामी लिन लगाइएको छ ।
दोस्रो विश्वयुद्ध समाप्तीसँगै कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापनाको घोषणा गरेका थिए ।

सन् १९५० देखि १९५३ सम्म कोरियाली युद्ध भएको थियो । उत्तर र दक्षिण कोरियाबिच भएके सो युद्ध कुनै औपचारिक शान्ति सम्झौतामा नभई युद्ध विराममै टुँगिएकाले अझै पनि प्राविधिक रुपमा सो युद्ध जारी रहेको मानिन्छ ।

यसैवर्ष मात्र उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबिच दक्षिण कोरियामा ऐतिहासिक वार्ता सम्पन्न भएका ेथियो । सो वार्ताको घोष्णापत्रमा कोरियाली प्रायद्धिपलाई निशस्त्र पार्ने प्रतिवद्धता जनाइउको थियो । त्यसअघि किमले चिनिया राष्ट्रपति सि जिन्पिंगसंग चिनिया राजधानी बेइजिंगमा गोप्य भेटवार्ता गरेका थिए ।

त्यसपछि १२ जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिच सिंगापुरमा महत्वुपुर्ण शिखर वार्ता भएको थियो । त्यतिवेला ट्रम्पले अब अन्तर्राष्ट्रिय जगत उत्तर कोरिकाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबाट चिन्तित हुनु नपर्ने प्रतिक्रया जनाएका थिए । पयेंगयांगले पनि त्तिवेला आणविक परिक्षण स्थल नष्ट गरेको सार्वजनिक गर्दै सकारात्मक प्रतिक्रिया जनाएको थियो ।

तर केहि समय यता अमेरिकी गुप्तचर निकायले उत्तर कोरियाले अझै आणविक हातहतियार विकास कार्य गोप्य रुपमा जारी राखेको प्रतिवेदन सार्वजनिक गरेपछि राष्ट्रपति ट्रम्प उत्तर कोरिया प्रति चिढिएका थिए । साथै उनले चीनले उत्तर कोरियालाई सो कार्यक्रमबाट टाढा राख्न यथेष्ट दवाव दिन नसकेको आरोप समेत लगाएका थिए ।

विगतमा संयुक्त राष्ट्र संघले लगाएको नाकावन्दिलाई वेवास्ता गर्दै उत्तर कोरियाले पटक पटक आणविक र क्षेप्यास्त्र परिक्षण गर्दै आएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्