वडा स्तरीय फुटसल आजदेखि



काठमाडौं, (नेस)
टोखा नगरपालिका वडा नं. ८ र पारामाउन्ट एकेडेमीको संयुक्त आयोजनामा प्रथम वडा स्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा विभिन्न वडाका १६ विद्यालयका १६ छात्र टिमको सहभागिता रहने आयोजक मध्येका एक पारामाउन्टका खेलकुद शिक्षक सुमन तिमल्सिनाले जनाएका छन् । कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीले प्रतियोगिता खेल्न पाउने प्रावधान छ । बानियाँटारमा नकआउट पद्धतिमा हुने प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्