निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व



पोखरा, (नेस)
नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४औं अधिवेशनवाट अध्यक्ष पदमा सुरेश श्रेष्ठ निर्वाचित हुनु भएको छ ।लोकतान्त्रिक प्यानलका श्रेष्ठले प्रतिस्पर्धी वाम प्यानलका आनन्द बराललाई१२३ मतका विरुद्ध २१० मत प्राप्त गर्दै पराजित गर्नुभएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा वाम प्यानलका रामराज अधिकारी विजयले २०६ मत पाउँदा लोकतान्त्रिकका बलवहादुर रानाले १२२ मत ल्याउनुभएको छ । त्यस्तै उपाध्यक्षमा पनि वामका हरि लम्साल १७० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी दीपेन्द्र मरासिनीले १५९ मत पाउनुभएको । सचिवमा वामका सँवर्ण श्रेष्ठले १७५ मत ल्याएर विजयी हुँदा लोकतान्त्रिकका टीका भुजेलले १४५ मत पाउनुभएको छ ।

कोषाध्यक्षमा १८३ मत ल्याई लोकतान्त्रिकका लीलाकाजी गुरुङ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रवि खनालले १४० मत ल्याउनुभयो । सहसचिवमा लोकतान्त्रिकका शिरिषकुमार बास्तोला १६१ मत ल्याएर विजयी हुँदा प्रत्यासी वामका विनोद भण्डारीको १५२ मत प्राप्त गर्नुभएको छ ।

सहकोषाध्क्षमा पनि लोकतान्त्रिक समूहका हिरामणि भण्डारीले १७० मत पाउँदा वामका कृष्णप्रसाद ढकालले १४६ मत पाउनुभएको छ ।

सदस्यहरुमा धु्रबबावु भट्टराई(आईडी)ले सर्वाधिक १९६ मत ल्याई विजयी बन्नुभएको छ । त्यस्तै उत्तम सिग्देल १८९, लक्ष्मण पाण्डे १६३, हिक्मतजंग कार्की र ज्ञानेन्द्र घिमिरेको समान १५८ र सञ्जय कुँवरले १५१ मत पाएर विजयी बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्