सेरेनाको ड्रामेबाजीमा ओसाकालाई उपाधि



न्युयोक ।
नाओमी ओसाका ग्रान्डस्लाम सिंगल्स उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् । युएसओपनअन्तर्गत महिला सिंगल्स फाइनलमा ओसाकाले आफनी आदर्श खेलाडी सेरेना विलियम्सलाई ६–२, ६–४ ले हराएकी हुन् । उनको जितले सेरेनाले मार्गेरेट कोर्टसँग २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्न चुकिन् । छोरी ओलम्पिया जन्माएपछि अमेरिकी खेलाडी यस वर्ष दुई ग्रान्डस्लाम फाइनल खेलिन् । तर दुबैमा पराजित भइन् ।
यो खेल सेरेनाको ड्रामेबाजी व्यबहारले बढी स्मरणीय रहने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । सेरेनाले यो खेलमा चेयर अम्पायरलाई रिसले चोर भनेर सम्बोधन गरेकी थिइन् । दोस्रो सेटमा अंपायर कार्लोस रामोसले बक्सबाटै कोचिङ लिएको कारण उनलाई चेतावनी दिएका थिए । ¥याकेट फ्यालेपछि सेरेनालाई दोस्रो पटक आचार संहिता उल्लघंन गरेकोमा अर्को चेतावनी दिइयो । उनको एक अंक पेनाल्टी दिएपछि सेरेना एकदमै रिसाएकी थिइन् ।


रुँदै सेरेनाले अम्पायरलाई चोर भनेर ती अधिकारीलाई माफी माँग्न पनि भनिन् । सेरेनाले बताइन्—तपाईँ मेरो चरित्रमाथि हमला गरिरहनु भएको छ । तपाई कहिल्यै मेरो कोर्टमा फेरि नआउनुस । तपाई झुठो र चोर हो ।
यसपछि अम्पायर रामोसले रिसाएकी सेरेनालाई अम्पायर सहिंतामा तेस्रो उल्ल्घंन गरेकोमा एक गेमको पेनाल्टी दियो । जसले ओसाका दोस्रो सेटमा ५–३ ले अगाडि बढिन् । उनी पहिलो ग्रान्डस्लाम फाइनलमै उपाधि जित्न बाट एक गेम टाढा भएकी थिइन् । सेरेनाले अर्को गेम जितेर ५–४ मा खुम्च्याइन् । तर ओसाकाले आफ्नो सर्भिस बचाएर आफ्नो देसका लागि ऐतिहासिक जित दर्ता गरिन् ।
ओसाकाले खेलपछि बताइन्–अहिले पनि लागिरहेको छैन वास्तवमा यस्तो भएको । शायद केही दिनपछि मलाई महसुस हुन्छ होला मैले के गरँे ।
पेनाल्टीमार्फत् एक गेमको फाइदा मिलेकोमा उनले बताइन्— कोर्टमा के के भयो ? मेरो स्कोर ५–३ हुँदा म अलिकति भ्रममा थिएँ । मलाई लाग्यो कि आफ्नो ध्यान केन्द्रित राख्नै पर्ने भयो । किनभने उनी (सेरेना) च्याम्पियन खेलाडी हुन् । मलाई थाहा छ उनी कुनै समयमा पनि कमब्याक गर्न सक्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्