इजिप्ट: सामुहिक फैसला



कायरो,(एजेनसी)
इजिप्टको एक अदालतले शनिवार प्रतिवन्धित पार्टी मुश्लिम ब्रदरहुदका समर्थनमा आयोजित विरोध प्रदर्शनमा उत्रेका मध्ये सात सयजना भन्दा बठि व्यक्ति विरुद्धको मुद्धाको फैसला सुनाएको छ । सन् २०१३ मा सो पार्टीका राष्ट्रपति मोहमद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि तिनीहरुले इजिप्टका विभिन्न शहरमा विरोध प्रदर्शन गरेका थिए ।

उक्त अदालतले पचहत्तर जनालाई मृत्युदण्ड र अन्य पैंतालिस जनालाई आजिवन कारवास सुनाएको छ । संजाय पाउनेमा इस्लामिक नेताहरुदेखि लिएर अन्य सर्वसाधारणहरु समेत रहेका छन् । मानव अधिकारवादी समुह एम्नेष्टि इन्टरनेसनलले मुद्धा निष्पक्ष नभएके जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्