मिष्टर काठमाण्डौ बने बिसन



नेपाल समाचारपत्र, काठमाडौं
तेश्रो जिल्लाब्यापी मिष्टर काठमाण्डौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता २०७५ मा बिसन गुरुङ मिस्टर काठमाडौं बनेका छन् ।

काठमाण्डौ जिल्ला बडिबिल्डिङ्ग एण्ड फिटनेशद्वरा आयोजित शनिबार भएको अन्तिम चरणमा बिसनले बाजी मारेका हुन् । ७५ केजी तौलसमूहमा विजेता बनेका उनले उपाधिसँगै नगद १ लाख, ब्यानेट र ट्रफी प्राप्त गरे । उनले आफ्नो तौलमा समेत पहिलो हुँदै १० हजार रुपियाँ हासिल गरेका थिए । उनले विभिन्न कम्पनीले प्रदान गरेको सप्लिमेन्ट र गिफ्टहरु प्राप्त गरे ।

प्रतियोगितामा बेष्ट पोजरको उपाधी उदित श्रेष्ठले प्राप्त गरे । शंखमुल हेल्थ क्लब तथा फिटनेश सेन्टरका उनले नगद १० हजार सहित ट्रफी, प्रमाण पत्र तथा सप्लिमेन्ट प्राप्त गरे ।

यस्तै तेश्रो महिला फिजिक फिटनेश अन्तरगत भएको प्रतियोगिता अन्तरगत मसल्स वल्र्ड फिटनेशकी शोभा मानन्धर उत्कृष्ट भईन् । उनले स्वर्ण पदक पाईन । यस्तै डिभाईन फिजिकलकी सुजिता मानन्धरले रजत र मसल एण्ड फिटनेशकी सनम मुलगुठीले कास्य पाईन । शीर्ष तीन हुनले क्रमशः ३० हजार, १५ र ५ हजार प्राप्त गरे । यसका बिजयीहरुले विभिन्न कम्पनीले प्रदान गरेको सप्लिमेन्ट र गिफ्टहरु प्राप्त गरे ।

काठमाण्डौ जिल्ला बडिबिल्डिङ्ग एण्ड फिटनेशको आयोजनामा भएको प्रतियोगिताको सिनियर पुरुष तर्फ ५५ केजी तौलमा मसल मेनिया फिटनेशका आवाज प्याकुरेल पहिलो भएका छन् । उनी ओभर अल राउण्डका लागि छनोट भएका छन् । दोश्रो स्थानमा पाराडाईज फिटनेशका सुरज तण्डुकार तथा तेश्रो स्थानमा फ्लेक्स जिमका सुजन गुरुङ्ग रहे ।

यसै गरि ६० केजीमा टोटल फिजिकल फिटनेशका किशन दास दिवाकारले आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै ओभरअलमा प्रवेश गरे । दोश्रो स्थानमा न्यू फ्ल्ेक्स एण्ड फिटनेशका सुरेश मुनिकार रहे । तेश्रो स्थानमा फिटनेश स्टुडियोका अशोक कुमार घिमिरे रहे ।


६५ केजी तौलमा डिभाईन फिजिकल फिटनेशका प्रज्वल मान शाक्यले पहिलो स्थान प्राप्त गरे । दोश्रो स्थानमा सेप्स टु ढल्कोका बिवेक बिष्ट र तेश्रो स्थानमा फिटनेश फस्र्टका अमर गमाल रहे ।

७० केजी तौलमा अक्सफोर्ड जिम एण्ड फिटनेशका समिर श्रेष्ठले बाजी मारे । उनी ओभरअल राउण्डका लागि छनौट भए । दोश्रो स्थानमा मोसल्स एण्ड फिटनेशका अमित कुमार मण्डल र तेश्रो स्थानमा फिटनेश स्टुडियोका सुपेन डङ्गोल रहे ।

७५ केजी तौलमा कान्तिपुर फिटनेशका विशन गुरुङ्गले बाजी मारे । उनले सेप्स टुका उज्जल बज्राचार्यलाई पछाडी पारे । तेश्रो स्थानमा न्यू फ्लेक्सका रुजल शाही रहे । ७५ केजी माथीको तौलमा न्यू प्mलेक्स एण्ड फिटनेशका नरेश मालाकारले अग्र स्थान प्राप्त गरे । जी फिटनेशका राजन बानिया दोश्रो र डिभाईन फिजिकलका मोहित कार्की तेश्रो भए ।

राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको दोश्रो जुनियर मि. काठमाण्डौ तर्फ प्याराडाईजका किशोर कार्कीले बाजी मारे । उनले फिटनेश फस्र्टका मनिष बज्राचार्यलाई पछि पारेका हुन् । तेश्रो स्थानमा फिटनेश प्लसका राज खड्का रहे । उनीहरुले क्रमश ३० हजार, १५ हजार र ५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्रका साथै सप्लिमेन्ट प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्