अफगानिस्तान: रक्षामन्त्री भ्रमणमा



काबुल,(एजेन्सी)
अमेरिकी रक्षामन्त्री जीम म्याटीस अचानक युद्धग्रस्त अफगानिस्तानको भ्रमण क्रममा शुक्रबार राजधानी काबुल पुगेका छन् । अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिवानलाई वार्तामा ल्याउने प्रयास भइरहेको वर्तमान अवस्थामा म्याटीसले यसरी अफगानिस्तानको भ्रमण गर्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

उनको अफगान राष्ट्रपति असरफ घानी तथा अफगानिस्तानमा तैनाथ अमेरिकी तथा नेटो सेनाका संयुक्त नयाँ अमेरिकी कमान्डर जनरल स्कट मिलरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । गत जुलाईमा कतारमा अमेरिकी अधिकारी र तालिबानका प्रतिनिधिहरुबीच भएका वार्ताबाट शान्ति सम्झौता हुने अपेक्षा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्