फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती नदी थुनियो



काठमाडाैँ । शनिबार रातिदेखि ठूलो सुख्खा पहिरो खसेर थुनिएको बाग्मती नदी विस्तारै खुल्दै गएको छ । दक्षिणकाली नगरपालिका–२ फर्पिङमा नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती थुनिएको हो ।

दक्षिणकाली नगरपालिका–२ फर्पिङमा कृषि फार्म सञ्चालन गर्दै आएका अमृत वलीका अनुसार चन्द्र शमशेरले बनाएको पावर हाउस नजिकै पहाडै खसेर बाग्मती थुनेको हो ।

बल्खु भन्दा करिब ९ किलोमिटर दक्षिणमा रहेको उक्त स्थानमा पहाड खसेर थुनिएपछि बाग्मतीले तालको रुप लिएको छ । वलीका अनुसार पहिरो छम्ती र बुङ्मतीतर्फबाट साँझ ६ बजेर ४५ मिनेटमा बाग्मतीको बहाव ठप्प पार्ने गरी खसेको थियो ।

वलीका अनुसार राति १० बजे नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले डोजर लगाएर पहिरोबाट पानीको सानो निकास निकालेका छन्, तर बाग्मतीले तालको रुप भत्किएको छैन ।

प्रतिक्रिया दिनुहोस्