दुर्घटनामा परेको हेलिकप्टरमा पाइलटसहित ७ रहेको पुष्टि



काठमाडाैँ । दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको पुष्टि भएको छ । मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको सामागाउँ प्रहरी चौकीका प्रहरी जवान नारायण न्यौपानेले पुष्टि गरेका छन ।

सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको त्यो हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र म्यागङमा दुर्घटनामा परेको स्थानीयहरूले बताएका छन ।

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्पा डिकी र छोबाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ । हेलिकप्टरमा रहेका सबै यात्रुकाे अवस्थाका बारेमा जानकारी अाएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्