नेपालले बंगलादेससँग जित्नै पर्ने



नेपाल समाचारपत्र, काठमाडौं
बंगलादेसमा जारी साफ सुजुकी कप च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेससँग खेल्नेछ । शनिबार आज साँझ हुने खेलमा नेपालले जित्नै पर्ने समीकरण रहेको छ । यदि नेपाललाई सेमिफाइनल पुग्ने हो भने जितकै नतिजा चाहिन्छ । यो समूह रोचक बनेको छ ।

चारै टोलीको लागि अन्तिम चारमा पुग्ने संभावना बराबरी रहेको छ । आयोजकको टोली बंगलादेसले दुई खेल लगातार जितेर पनि अन्तिम चारमा पुग्न सकेको छैन ।

नेपालले दुई खेलमा एक जित हात पार्दै विपक्षीलाई ५ गोल गरेको र पक्षमा २ गोल बेहोरेको छ । ३ अंकमा रहेको नेपाललाई ३ गोलको फाइदा रहेको छ । नेपालले जित हात पार्नै पर्छ । जबकी बंगलादेसले भने दुई खेल जित्दा विपक्षीलाई ३ गोल गरेको छ भने पक्षमा गोल आत्मसात गरेको छैन ।

यो टोलीको लागि सबैभन्दा कम दवाव रहेको छ । आयोजकको टोलीले केवल एक अंक मात्रै लिएमा वा एक गोलको अन्तरमा हारे पनि अन्तिम चारको यात्रा संभव हुनेछ ।

यदि नेपाल हारेमा अर्को खेलमा पाकिस्तान हार्नु पर्ने हुन्छ । गोलभिन्नतामा राम्रो भएकोले नेपाल अन्तिम चारमा पुग्ने संभावना हुनेछ । यदि नेपाल हारेर अर्को खेलमा पाकिस्तानले जित वा बराबरी नतिजा निकालेमा नेपालको यात्रा समूह चरणबाटै सकिनेछ । भुटानको लागि भने पाकिस्तानमाथि भारी गोलअन्तरले जित्नु पर्ने हुन्छ । यो असम्भव नै हो तर फुटबल हो जे पनि हुन सक्छ ।

पाकिस्तान र भुटानबीचको खेल नेपालको भन्दा अगाडि हुृनेछ । यसले नेपालको लागि कसरी खेल्नु पर्छ भन्ने रणनीति अपनाउन पनि समय हुनेछ । यदि पाकिस्तानले जितेमा नेपालले बंगलादेसविरुद्ध जित्नै पर्ने चर्को दबाबमा खेल्नु पर्ने हुन्छ । यदि भुटान जितेमा नेपाललाई राहत मिल्नेछ । यदि पाकिस्तान र भुटानबीचको खेल बराबरी खेलेमा नेपालले पनि सोही अनुसार बराबरीमै ध्यानकेन्द्रीत हुनेछ । किनभने नेपाल पाकिस्तानभन्दा गोलभिन्नतामा राम्रो रहेको छ ।

समूह ए
टोली खेल जित हार गोलविपक्षमा गोलपक्षमा अंक
बंगलादेस २ २ ० ३ ० ६
नेपाल २ १ १ ५ २ ३
पाकिस्तान २ १ १ २ २ ३
भुटान २ ० २ ० ६ ०

प्रतिक्रिया दिनुहोस्