ओम अस्पतालको अध्यक्षमा पौडेल



काठमाडाैं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिको बैठकले अस्पतालका सञ्चालक उद्धव पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

हस्पिटलको स्थापनाकालदेखि सञ्चालक समितिमा रहँदै आउनु भएका पौडेल विशिष्ट चलचित्रकर्मी र नेपाल सरकारबाट प्रदान गरिने पहिलो लाईफ टाइम एचिभमेण्ट एवार्डबाट विभुषित पनि हुन ।

अध्यक्ष चयन भएपछि सञ्चालक समितिको बैठकमा पौडेलले ओम हस्पिटललाई देशकै नमूनालायक हस्पिटल बनाउन समिति, कर्मचारी र आम जनसमुदायलाई अपील गर्नु भएको छ ।

ओम हस्पिटलले उच्चतम् आधुनिक प्रविधि भित्र्याउँदै स्वास्थ्य क्षेत्रमा गुणस्तरिय सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ । साथै, गरिब, असहायलाई आवश्यकता अनुसार सहुलियत र निशुल्क उपचार प्रदान गर्न कार्यविधि बनाई कार्यान्वयन गर्ने भएको छ ।

ओम हस्पिटल जनताको हस्पिटल बनाउने लक्ष्यमा सदा झैं समाजका सवै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गर्दछ ।

प्रतिक्रिया दिनुहोस्