क्लिन नगरपालिका बनाउन उपभोक्तालाई ११ हजार डष्टबिन वितरण



प्रदेश ५ मै नमुना र मननयोग्य कामः मन्त्री वराल

यमलाल भुसाल, बुटवल ।
रुपन्देही जिल्लाको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले आफनो क्षेत्रलाई पुर्ण सरसफाईयुक्त बनाउन ११ हजार डष्टबिन बितरणगरेको छ ।
तिलोत्तमा नगरपालिकाले अघि सारेको ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको अभियानलाई सार्थक बनाउन सस्थाले नगरपालिकासंगको सहकार्यमा आफना उपभोक्तालाई शुक्रवार ११ हजार डष्टबिन बितरणको शुभारम्भ गरेको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले डष्टबिन बितरणको शुक्रवार मणिग्राममा बिशेष कार्यक्रमका साथ शुभारम्भ गर्नु भयो ।
खानेपानी उपभोक्ता सस्था र नगरपालिकाको पचास पचास प्रतिशतको लगानीमा कुल ५१ लाख ७० हजार रुपैयामा डष्टबिन खरिद गरीएको अध्यक्ष केशव राज न्यौपानेले जानकारी दिनुभयो ।
सस्थाका ५ हजार ५ सय सबै उपभोक्तालाई प्रति घर दुई दुई वटाका दरले डष्टबिन दिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
उपभोक्ताले रातो र निलो दुई रंगका डष्टबिन पाउने छन । रातो डष्टबिनमा सड्ने र निलोमा नसडने फोहोर राख्नुपर्ने छ ।
सोअवसरमा मन्त्री वरालले नगरपालिका र खानेपानी उपभोक्ता समितिको पहलमा गरिएको कार्यक्रम प्रदेश ५का लागि नै नमुना र अन्य स्थानिय तहका लागि पनि मननयोग्य भएको बताउनु भयो ।
मन्त्री वरालले स्थानिय सरकारको दाईत्व र कर्तव्य पालना गर्ने अभियान शुरु भएको बताउदै अधिकारका खोज्नेले कर्तव्य र दाईत्वलाई विसन नहुने पनिबताउनु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको अभियानलाइ साकार पार्न आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको सहकार्यमा डष्टबिन बितरण गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्