‘नियम पालना नगर्नेलाई गाह्रो छ’



प्रतापजंग पाण्डे
प्रबन्ध निर्देशक, कैलाश हेलिकप्टर सर्भिसेज प्रालि कम्पनी

औषधि उद्योगबाट शुरू गरी हाल सिमेन्ट, बैंक, इन्स्योरेन्सलगायतका क्षेत्रमा लगानी विस्तार गरिरहेको व्यावसायिक घरनाका युवा उद्यमी प्रतापजंग पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका माइलो छोरा हुनुहुन्छ । उहाँ दाजु र भाइले सिमेन्ट, औषधिलगायतका उद्योग हेर्दै आउनुभएको छ भने उहाँ हवाई क्षेत्र हेर्नुहुन्छ ।

१८ वर्ष बैंकिङ क्षेत्रमा काम गर्नुभएका प्रतापजंग पाण्डेले अहिले कैलाश हेलिकप्टर कम्पनीलाई प्रवद्र्धन गर्दै आउनुभएको छ । फिलिपिन्सबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उहाँ ग्लोबल आइएमई इन्स्योन्सको निर्देशक पनि हुनुहुन्छ । विगतमा माइक्रोफाइन्सको अध्यक्ष भएर पनि काम गरिसक्नु भएको छ । पारिवारिक उद्योग, व्यापार, व्यवसायलाई नयाँ उचाईमा पु¥याउन क्रियाशील कैलाश हेलिकप्टर सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेसँग नेपाल समाचारपत्रको लागि दीपेन्द्र थापाले गरेको कुराकानी:

तपाईंहरूले भर्खरै नयाँ हेलिकप्टर ल्याउनुभएको छ, अहिले हेलिकप्टर व्यवसायको बजार कस्तो छ ?

अहिले नेपाली बजारमा १० वटा हेलिकप्टर कम्पनी रहेका छन् । हाम्रो कैलाश हेलिकप्टर कम्पनी सबैभन्दा कान्छो कम्पनी हो । केही नयाँ कम्पनी पनि सञ्चालनमा आउने तयारीमा रहेको बुझिएको छ । नेपालको सन्दर्भमा अहिले हेलिकप्टरको संख्या धेरै भइसकेको अवस्था छ । विमानस्थलहरू पनि साँघुरो बन्दै
गएका छन् ।

सिमिकोट, हुम्लाका विमानस्थलमा हेलिप्याड अभावजस्तै भइसकेको छ । जहाँ यात्रुको चाप छ, त्यहाँ हेलिप्याड अभाव भएको अवस्था छ । सरकारले बजेटमार्फत प्रत्येक गाउँपालिकामा एक हेलिप्याड बनाउने नीति ल्याएको हुँदा अब आम जनतामा हेलिकप्टरको सेवा प्रवाह गर्न सहज हुने सम्भावना छ ।

नेपाली समाजमा हेलिकप्टर प्रयोग बिरामीका निम्ति नै हो । सरकारको नयाँ नीतिले हेलिकप्टरको प्रयोग गर्न आमबिरामीलाई केही सहज हुनेछ भन्ने मेरो बुझाइ छ ।

आम नेपालीले हेलिकप्टरको भाडा धान्न सक्ने अवस्था के छ ?

मागलाई धान्न नसक्ने होइन, हेलिकप्टर विभिन्न प्रकारका रहेका छन् । हाम्रोमा भएको अहिलेका एयरबस हेलिकप्टर  हो । अरु कम्पनीका हेलिकप्टर रविन्सन तथा वेल हेलिकप्टर रहेका छन् । नेपाल पहाडै पहाडले भएको देश हो । पहाडी क्षेत्रमा भौगोलिक अवस्थाले गर्दा एयरबसका हेलिकप्टरहरु सञ्चालनमा रहेको छ । उनीहरुको सञ्चालन खर्च महँगो छ । जसले गर्दा एयरबस हेलिकप्टर सर्वसाधरणको पहुँचमा पु्ग्न नसकेको हो ।

एकोहोरो रुपमा एयरबस हेलिकप्टर कम्पनीहरुलाई मछ्नु गलत भयो । संघले पनि पहल गरिरहेको छ । फेक रेक्स्यु छानविन समितिले तीनवटा हेलिकप्टर कम्पनीलाई दोषी देखाएको छ । हामी कुनै पनि तहमा यस कार्यमा सलग्न भएका छैनौं । हेलिकप्टर व्यवसायीले नै आफैँ बिरामी बनाएर ल्याउने कार्य सम्भव छैन । हामी मागअनुसार लिन जाने हो ।

हेलिकप्टर भनेको गाडीजस्तै सर्वसुलभ हुनुपर्छ भन्ने मान्यता भने म राख्दिन किनभने यो धेरै सञ्चालन खर्च भएको सेवा हो । जुनबेला आवश्यक पर्छ, त्यही बेला यसको सेवा उपोग गर्नुपर्छ ।

यहाँले नेपालमा हेलिकप्टर व्यवसाय सञ्चालन गर्नको लागि कस्तो चुनौती र अवसर देख्नुभएको छ ?

यस क्षेत्रमा सरकारले निश्चित मापदण्ड तोकेको छ । उड्डयन क्षेत्र भनेको उच्च नियमन हुनेको क्षेत्र हो । बैंक वित्तपछि उड्डयन उच्च निगरानीमा सञ्चालित व्यवसाय हो । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहबाट निर्देशित एवम् निगरानी भएको हुन्छ । सुरक्षा पहिलो भन्ने सिद्धान्त अंगिकार गरिएको हुन्छ । उडान सञ्चालन गर्दा सफल उडान गर्न लागि पर्नुपर्ने हुन्छ ।

बजारको अवस्था र माग बढ्दो क्रममा छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गत वर्ष करिब १० लाख पर्यटक आएका थिए । यस वर्षनै १२ लाख पुग्ने अनुमान गरिएको छ । यसको लागि सरकारले प्रचारप्रचारमा ध्यान दिनु प¥यो, पुर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता छ । विमानस्थलको निर्माणमा ध्यान दिनुपर्छ ।

बाटोघाटो विस्तार, नयाँ पर्यटकीय गन्तव्य विस्तारमा ध्यान दिनु आवश्यक छ । लक्ष्य राख्नु राम्रो हो यसको लागि सोहीअनुसार काम गर्नुपर्ने छ । विमानस्थल विस्तार, विमानस्थललाई २४सैं घण्टा सञ्चालनको लागि काम अगाडि बढाउनु प¥यो । विमानस्थलको गतिविधिबाट नै पर्यटकको गतिविधि बढाउन सकिन्छ, जसको लागि विमानस्थल राम्रो बनाउनुपर्नेछ ।

पर्यटकीय गतिविधि बढेपछि मात्र हेलिकप्टर व्यवसाय फस्टाउनेछ । नेपालको भौगोलिक अवस्थाले गर्दा पनि भोलिका दिनमा हेलिकप्टर व्यवसाय राम्रो देखिन्छ । पर्यटकको संख्यामा वृद्धिसँगै हाम्रो व्यवसायको माग पनि बढेर जाने देखिन्छ ।

सञ्चालन खर्च महँगो रहेको कुरा गर्नुभयो, कति महँगो छ ?

नेपालमा सामान्य खालको हेलिकप्टर आयात गर्नको लागि करिब ३० करोड रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । साथै दक्ष जनशतिm पनि उतिकै आवश्यकता पर्छ । पाइलट, एरोनटिकल इन्जिनियर, मेन्टिनेन्स् इन्जिनियरलगायतका इन्जिनियर चाहिन्छ ।

सुरक्षित उडानका निम्ति जनशतिmलाई समय समयमा विभिन्न तालिम तथा सीप विकासको कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसबाहेक पार्टपँर्जादेखि इन्धनसमेत महँगो हुने हुँदा यसको ‘अप्रेसन कस्ट’ धेरै महँगो हुन्छ ।

हवाई सेवा सञ्चालनको लागि के कस्ता समस्या देख्नुहुन्छ ?

हवाई उडानका क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने भनेको नागरिक उड्डयन प्राधिकरण हो । उसलाई पनि नियमन गर्ने राष्ट्रिय÷अन्तर्राष्ट्रिय निकाय छन् । राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने हुन्छ । नीति तथा मापदण्ड समय–समयमा हेरफेर हुँदै जान्छ, त्यो अनुसार अपडेट गर्दै कम्पनीलाई अगाडि बढाउनु पर्ने हुन्छ ।

जस्ले नीति नियम अंगिकार गर्दै जान्छ, उसलाई सहज छ । जस्ले कुनै पनि नियम पालना गर्दैन उसलाई गाह्रो हुन्छ । समय सापेक्ष्य नीति नियम र मापदण्ड बनाउने र त्यसको पालना गर्दै जाने हो भने यो व्यवसाय ठिकै छ ।

‘फेक रेस्क्यु’ मा हेलिकप्टर कम्पनीहरुलाई दोषी देखाइएको छ, खास कुरा के हो, तपाईंहरूको तर्फबाट केही पहल भएको छ कि ?

हाम्रो छाता संस्था वायुसेवा सञ्चालक संघले यसको लागि वकालत गरिरहेको अवस्था छ । हामी हेलिकप्टर व्यवसायीहरुले पनि आवाज उठाएका छौं । यसरी एकोहोरो रुपमा हेलिकप्टर कम्पनीहरुलाई मछ्नु गलत भयो । संघले पनि पहल गरिरहेको छ । फेक रेक्स्यु छानविन समितिले तीनवटा हेलिकप्टर कम्पनीलाई दोषी देखाएको छ । हामी कुनै पनि तहमा यस कार्यमा सलग्न भएका छैनौं । हेलिकप्टर व्यवसायीले नै आफंै बिरामी बनाएर ल्याउने कार्य सम्भव छैन । हामी मागअनुसार लिन जाने हो ।

उद्दारका विषयमा हेलिकप्टर कम्पनीको केही गुनासो सुनिन्छ, वास्तविकता के हो ?

उद्दारको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयको अनुमति लिनुपर्छ । यसको लागि भने केही प्रक्रिया पँरा गर्नुपर्ने हुन्छ । सरकारले यसमा सहजीकरण गर्नुपर्ने देखिन्छ, मान्छे बिरामी भएको अवस्थामा हामीले उद्दार गर्नुपर्ने हुन्छ ।

सरकारले समयमा नै उद्दारको लागि अनुमति नदिँदा बिरामीको ज्यानै जान सक्ने अवस्था पनि रहेको छ । सरकारको नयाँ नियममा सदरमुकाम भएर जानुपर्ने भनेको छ । प्रशासनसँग सहकार्य गर्नुपर्ने उल्लेख छ, सहज पहँुच नहुने तथा उडान लागत बढ्न जान्छ ।

उत्तरी नाका सुरक्षा चुनौती कारणले हो या परराष्ट्र नीतिको के कारणले हो त्यहाँ उद्दार गर्न भने सहज छैन यस्को लागि सरकारले केही पहल गर्नुपर्ने जरुरी रहेको छ ।

युवा उद्यमीको अँँखाबाट हेर्दा नेपालमा लगानीको वातावरण कस्तो देख्नु भएको छ ?

योभन्दा अगाडि नेपालले राजनीतिक संक्रमण कालमा बिताएको छ । अब नयाँ स्थिर सरकार आएसँगै लगानीको वातावरण बनेर गएको छ । अबको आर्थिक विकास नै सरकारको लक्ष्य भएको हुँदा हामी आशावादी भएका
छौं । नयाँ सरकारबाट उद्योग गर्न व्यावसाय गर्नको लागि नयाँ नीति पनि आएका छन् ।

पर्यटकीय गतिविधि बढेपछि मात्र हेलिकप्टर व्यवसाय फस्टाउनेछ । नेपालको भौगोलिक अवस्थाले गर्दा पनि भोलिका दिनमा हेलिकप्टर व्यवसाय राम्रो देखिन्छ । पर्यटकको संख्यामा वृद्धिसँगै हाम्रो व्यवसायको माग पनि बढेर जाने देखिन्छ ।

नेपालमा लगानीको वातावरण गर्नको लागि सहज बन्दै जाने अनुमान गरेका छौं । स्थिर सरकारबाट हामीले अपेक्षा त धेरै राखेका छौं । मुलुकी ऐनलगायत धेरै ऐन कानुन संशोधन भएका छन् । व्यवसायमा देखिएको छाडापनलाई सरकारले नियन्त्रण गर्न खोजेजस्तो पनि देखिन्छ ।

व्यापार व्यवसायमा हुने गरेको कार्टेलिङ नियन्त्रणको प्रयास भएको छ ।कार्टेलिङका कारण अन्य व्यवसायीलाई आउने जाने वातावरण नै बन्द हुने अवस्था थियो । जसलाई सरकारले नियन्त्रण गर्न खोजेको छ । जसका कारण उद्योगी व्यवसायीलाई व्यवसाय गर्न थप सहयोग हुन्छ भन्ने मेरो बुझाइ ।
अस्थिर सरकार हँुदा नीति नियम पनि नबनेको र व्यवसायीलाई अन्योलको वातावरण थियो ।

यस्ले गर्दा उद्योग व्यवसाय विस्तारको लागि गाह्रो भएको छ । सरकारले एकल बिन्दँ सेवाबाट सेवा प्रवाह गर्न सकेको खण्डमा लगानी गर्नको लागि एकदमै सहज हुने थियो । एकै ठाउँबाट सेवा प्रवाहा गर्न सकेको खण्डमा विदेशी लगानी भित्राउनको लागि सहज हुने थियो ।

कृषिमा आधुनिकीकरण गरेर विदेशिने युवालाई सीप, ज्ञान प्रदान गरेर देशमा नै बस्ने वातावरण बनाउनुपर्छ । आयात प्रतिस्थापन गर्नको लागि सरकारले जोड दिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्