पञ्चकन्या ग्रपको ४६औं वार्षिकोत्सव मनाइयो



काठमाडौं, (नेस)
पञ्चकन्या ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८८औं जन्मोत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

पञ्चकन्या समँहका सञ्चालक, कर्मचारी, डिलर तथा शुभ–चिन्तकको उपस्थिति रहेको सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टिल, प्लाष्टिक र एसएस वाटर ट्यांकका डिलरलाई प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले, उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठ र उत्कृष्ट मेनेजरमा नामगेल तामाङ हुनुभएको छ । कम्पनीमा लामो समय सेवा अवधि पँरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, कार्यकारी निर्देशकद्वय उज्ज्वलकुमार श्रेष्ठ तथा उदीप श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो भने निर्देशकहरु ज्योति श्रेष्ठ, आशिक श्रेष्ठ र नितिशा श्रेष्ठलगायत पञ्चकन्या ग्रुपका अन्य संचालकको उपस्थिति थियो । सो अवसरमा कर्मचारीले गीत, नृत्य तथा अन्य प्रस्तुतिसमेत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्