माछापुच्छ्रे बैंक र लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ«्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गनुभयो ।

सम्झौताअनुसार अब माछापुच्छ«्रे बैंकका ग्राहकले केन्द्रीय कार्यालयलगायत सबै शाखा कार्यालयबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बंैकको ८६ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टरसहित २७ शाखारहित बैंकिङ सेवा ९९ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्