महिला भलिवलमा ७ टिम



काठमाडौं, (नेस)
पोखराको लामाचौरमा यही भदौं २३ गते देखि सुरु हुने लामाचौर तीज महोत्सव २०७५ को अवसरमा संचालन हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा तीन विभागिय सहित ७ टिमको सहभागिता हुने भएको छ ।
भदौ २७ गतेसम्म लामाचौरमा संचालन हुने उक्त प्रतियोगितामा तीन विभागिय सहित ७ टिमको सहभागिता हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा संचालन हुने उक्त प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको ए.पि.एफ., नेपाल प्रहरी, नेपाली सेना, काठमाण्डौंको न्यू डाईमण्ड एकेडेमी, जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र, चितवनको चितवन टाइगर र पोखराको टप्स बोर्डिङ स्कुल गरी ७ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष बम बहादुर गुरुङले बताए । साथै खेल तालिका समेत विहिबार सार्वजनिक गरिएको छ ।

यस बर्ष पुरस्कारमा राषि बृद्धि गरिएको छ । विजेतालाई २४ हजार ९ सय १, उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । प्रतियोगितामा तेश्रो हुनेले २५ हजार, चौथो हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछन। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय रुपैया पुरस्कार प्रदान गरिने भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा संचालन हुने उक्त महोत्सवको तयारी पुरा भएको अध्यक्ष बम बहादुर गुरुङले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने उक्त महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्