नेपालको भुटानविरुद्ध ४–० गोलले सानदार जीत



काठमाडौँ ।
साफ च्याम्पियनसिपको आफ्नोनो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० गोलले सानदार जीत गरेको छ ।

खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका हुन् ।
भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएपछि विमल घर्तीमगरले पेनाल्टी गर्दा मिस हुँदा पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा गरेका थिए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै तेस्रो गोल गरेका थिए । त्यस्ते नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४–० ले नेपाल जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्