विदेशी शिक्षामा अब्बल छौ



शुलभ बुढाथोकी
इनोभेट नेपाल गुप अध्यक्ष तथा प्रमुख कार्यकारी

नेपालमा अन्तराट्रिय शिक्षाको महत्व के छ ?
नेपालमा अन्तराष्ट्रिय शिक्षाको महत्व बढ्दै गएको छ । नेपालको अन्तराष्ट्रिय शिक्षालाई विश्वब्यापी बनाउन खोलिएको इनोभेट नेपाल ग्रुप(आइएनजी)ले संचालन गरेको कलेजले अध्ययनको लागि विदेशी जान रोक्ने काम गरेको छ । भन्नुपर्दा यस्ले विश्वस्तरको शिक्षा नेपालमै दिन थालेको छ ।

नेपाली विद्यार्थीहरुको शिक्षाको स्तर वृद्धी गराउन महत्वपुर्ण भुमिका खेलेको छ । घोकन्ते शिक्षा मात्र होइन । जीवनमा आइपर्ने हरेक समस्या समाधान गर्न नौलौ प्रविधिको विकास गरेका छौ ।

विद्यार्थीलाई लाइफ स्टाइल सिकाउछौ, ब्यापार व्यवस्थापन ,सुचना र प्रविधिसंग जोडिएका हरेक विषयमा अध्ययन गराउछौ । यी र यस्ता महत्वपुर्ण अन्तराष्ट्रिय स्तरको शिक्षा दिन आइएनजीले महत्वपुर्ण भुमिका खेलेको छ ।

 इनोभेट नेपाल गु्रपको बारेमा
विश्वस्तीय शिक्षा दिन स्थापना भएको इनोभेट ग्रुप( आइएनजी) एउटा यस्तो संस्था हो जस्ले हजारौ विद्यार्थीलाई उच्चस्तरीय अन्तराष्ट्रिय शिक्षा प्रदान गर्छ । ग्रुपले काठमाडौंमा इस्लिङटन र हेराल्ड, पोखरामा इन्फरम्याटिक्स, विराटनगरमा मेरिल्याण्ड र इटहरीमा इटहरी इन्टरनेशनल कलेज संचालन गरिरहेको छ ।

अन्तराष्ट्रिय स्तरको डिग्री संचालन गर्ने र नेपाली विद्यार्थीलाई विदेशमा होइन नेपालमै रोजगारीको अवसर दिने उद्धेश्यले स्थापना भएको ग्रुपले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएको छ । जस्ले गर्दा अध्ययन सकेका विद्यार्थीले विश्वमा नाम चलेका जुनसुकै बहुराष्ट्रिय कम्पनीमा सजिलै रोजगारी पाउन सफल भएका छन् । ग्रुपद्धारा संचालित कलेजमा अध्यापन हुने विषयहरु विश्वमानै लोकप्रिय छन् । क्लास रुममा पढाइ हुने शिक्षण प्रवृति हटाएका छौ । फिल्ड वर्कलाई बढी प्राथमिकता दिएका छौ ।

सुचना प्रविधिको तीन वर्षिय कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्ड आइटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजी संचालन भैरहेको छ ।

व्यवस्थापन अन्तर्गत चार वर्षिय बिबिएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ विषयमा अध्ययन गर्न व्यवस्था छ । वास्तवमा विदेशको शिक्षा अध्ययन सम्पन्न गरेका विद्यार्थीले नेपालमा सही रोजगार पाउन सकुन भन्ने उद्धेश्यले हामीले शिक्षा क्षेत्रमा काम गरिरहेका छौ ।

हामी कहाँ ३ सय ५० शिक्षक र कर्मचारी छन । सबै कलेजका शिक्षक सुचना प्रविधि क्षेत्रमा दक्ष छन् । ४ हजार भन्दा बढी स्नातक गरेका विद्यार्थीले नाम चलेका सरकारी र गैर सरकारी निकाय, बैक, वित्तिय क्षेत्रका सुचना प्रविधि लगायतका क्षेत्रमा काम गरिरहेका छन् । हामीले जुन उद्धेश्य लिएका छौ, त्यसमा हामी सफल भएका छौ ।

इनोभेट ग्रुपका कलेजहरु कसरी भिन्न छन् ।

२२ वर्ष अघि अर्थात १९९६ देखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएर स्थापना भएको पहिलो कलेज इस्लिङटन पछि हामीले थप तीन स्थानमा कलेज संचालन गरेका छौ ।

 

सन् १९९६ मा इन्फरम्याटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बाट संबन्धन लिएर सुचना प्रविधिमा आधारित विभिन्न विषय अध्यापन गराइरहेको छ । इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले पढाइसकेको ६ महिनामै रोजगार हासिल गरेका छन् ।

 

अध्ययन अवधीमै अधिकांस विद्यार्थीले रोजगारी पाउने भएर होला अहिले कलेजहरुमा विद्यार्थीको चाप बढ्न थालेको छ ।

 

कलेज स्थापना भएको स्थान , त्यहाका विद्यार्थीको चाहना अनुसार अध्यापन गराइने हुदा सबै कजेको आ आफ्नै भिन्नता छ । साथै वेलायतकै युनिभर्सिटी अफ उल्भरह्यामटनसंगको साझेदारीमा काठमाडौंमा हेराल्ड कलेज तथा विराटगरमा मेरिल्याण्ड कलेज संचालनमा रहेका छन् । तर सबै कलेजमा रोजगारी र पढाइको स्तर समान छ ।

इनोभेटिभ नेपाल ग्रुपद्धारा संचालित कलेजलाई किन विश्वास गर्ने ?
अहिले सम्म विद्यार्थी र अभिभावको उत्कृष्ट रोजाइको पहिलो कलेज भएको कारण हामीले दुवैको विश्वास जितेका छौ ।

पढाइसंगै रोजगार, जीवनशैली अनुसारको शिक्षा, सुचना र प्रविधिमा उत्कृष्ठ, विगतको उत्कृष्ठताको कारण पहिला विद्यार्थी र त्यसपछि अभिभावकको विश्वास जित्न सफल भएका छौ ।

ग्रुपको गुडविलकै कारण हामी यो स्थानमा आउन सफल भएका छौ । हामी विद्यार्थीलाई शिक्षा मात्र दिदैनौ ,उनीहरुको जीवनशैली, नया ट्रेन्डमा आधारिक पठन पाठन, फिल्ड स्टडी, र रोजगारीको अवसरको सम्भावना देखाउछौ । अध्ययनकै सिलशिलामा विभिन्न औद्योगिक क्षेत्रमा रोजगारीको अवसर दिन्छौ । त्यसैले अन्य कलेजको तुलनामा इनोभेटिभ नेपाल ग्रुपले संचालन गरेका कलेजलाई विश्वास गरेको जस्तो लाग्छ ।

 शिक्षाको स्तर वृद्धी गर्न के सहयोग गरेको छ ।
वास्तवमा इनोभेट ग्रुपले संचालन गरेका कलेजले अनुशन्धानमा आधारित विभिन्न तह र संकायको कक्षा संचालन गरिरहेका छ । बेलायत सरकारले नेपालमै बेलायती शिक्षा प्रदान गर्न दिइरहेको छ ।

सबै विषयको उठान गरिरहदा आइएनजी ग्रुपले शिक्षाको स्तरवृद्धी गर्न सहयोग गरिरहेको छ । विद्यार्थीलाई विदेशमा मात्र नभै नेपालमा पनि रोजगारीको अवसर प्रदान गरेका छौ ।

अन्तराष्ट्रिय स्तरको समय सापेक्ष शिक्षा, विद्यार्थीको सभ्यता र जीवनशैली, समयमै काम गर्ने क्षमताको विकास लगायतका कारणबाट हामीले नेपालको समग्र शिक्षा क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेलको छौ ।

त्यतिमात्र होइन सुचना र प्रविधिका नया नया विषयमा खोज र अनुशन्धान गर्न सिकाइरहेका छौ । ती विषयलाई प्रयोगात्मक बनाएका छौ । विद्यार्थीको कार्य क्षमताको मुल्याङन गर्ने गरेका छौ । गु्रपले संचालन गरेका कलेजहरुमा अध्ययनलाई साटासाट गर्न थाइल्याण्डको सरकारी निकायसंग अनुभव आदान प्रदान गर्ने गरेका छौ । वेलायतको उल्भरहेम्टन विश्वविद्यालयमा मा १५ दिने समर क्याम्पमा विद्यार्थी पठाउने गरेका छौ ।

हाम्रो ग्रुपले संचालन गरेका कलेज अध्ययन गरेका पुर्व विद्यार्थीहरु बैक अफ न्युयोर्क,अमेजन, भीसा, नेपाल टेलिकम, एनसेन, युनिसेफ, कान्तिपुर मिडिया ग्रुप, होन्डा, इमिरेटर्स एयरवेज, डिएचएल लगायत विश्वप्रशिद्ध संस्थामा रोजगार प्राप्त गरेका छन् । ग्रुपले संचालन गरेका कलेजहरुमा अध्ययन गरेका करिब ४ हजार विद्यार्थीले नेपाल लगायत विश्वका प्रसिद्ध संस्थामा काम गरिरहेका छन् ।

भावी योजना ।
काठमाडौ, पोखरा , विराटनगर र पोखरामा कलेज संचालन गरिसकेका छौ । अब देशका प्रमुख शहरमा थप कलेज संचालन गर्ने र उच्चस्तरीय अन्तराट्रिय शिक्षालाई नेपालभर लैजाने योजना बनाएका छौ ।

उदाहरणको लागि हाम्रो कलेजमा अध्ययन सम्पन्न गरेका विद्यार्थी त्रिदेव गुरुङ अहिले अमेरिकाको ब्याङक अफ न्युयोर्क मेलन एट पिट्सवर्गमा कन्फिरगेसन मेनेजमेन्टका भाइस प्रेसिडेन्ट भएका छन् । उनी त एउटा उहाहरण मात्र हुन ।

हामीले यस्ता सयांै विद्यार्थीहरुलाई विश्वकै चर्चित संस्थाहरुमा रोजगारी दिनेगरी अध्यापन गराउने योजना बनाएका छौ । नेपालमै उच्चस्तरीय अन्तराट्रिय शिक्षा पढ्न भौतारिरहेका विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले संचालन गरेका कलेजहरुमा उत्कृष्ठ शिक्षा दिन लालायित छौ ।

हाम्रो भावी योजना नेपालभर विदेशी विश्वविद्यालयको उत्कृष्ठ शिक्षा दिने र हाम्रा विद्यार्थीलाई जुनसुकै निकायमा रोजगारीको लागि अवसर उपलब्ध गराउने योजना बनाएका छौ ।

प्रतिक्रिया दिनुहोस्