व्यवस्थापन क्षेत्रमा अब्बल: युनिग्लोब कलेज



एक्काइसौं शताब्दीमा सबैभन्दा महत्वपूर्ण मानिएको व्यवस्थापन क्षेत्रमा विश्वबजारमा प्रतिस्पर्धा गर्दैआफ्ना विद्यार्थीलाई अब्बल बनाउन निरन्तर सक्रिय रहेको शैक्षिक गन्तव्य हो – युनीग्लोब कलेज ।

नेपालको शैक्षिक वृत्तमा ख्याति प्राप्त, अनुभवी,तथा सफल व्यवस्थापक द्धारा विशुद्ध प्राज्ञिक व्यक्तिहरुको समूहबाट सञ्चालित, पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बीबीए, बीबीए–बीआई, एमबीए तथा एमबीए–फाईनान्स तहमा अध्ययन अध्यापन हुँदै आएको छ । सन् २००९ मा वानेश्वरमा स्थापना भएको कलेज व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गर्दै अन्तर्राष्ट्रिय बजारमा आफुलाई स्थापित गर्न चाहने जो कोही कालागि पहिलो गन्तव्य हो ।

करीब ९ रोपनी क्षेत्रफलमा फैलिएको कलेजको पूर्वाधारसँगै रहेका बगैचाहरुले शैक्षिक वातावरणलाई थप उर्जा प्रदान गरिरहेको छ । जहा ँउत्कृष्ट ढंगले पठन पाठन हुन्छ, त्यहाँको उत्पादन निश्चय नै उत्कृष्ट हुन्छ जसले भविष्यमा पाइला पाइलामा सजिलै सफलता चुम्न सक्छ ।

 

यही भनाइलाई आत्मसात गर्दै अघि बढिरहेको छ – युनीग्लोब कलेज स्पष्ट भिजन, मिसन तथा उद्देश्य सहित स्थापना भएको सुविधा सम्पन्न यस कलेजमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै पर्याप्त व्यवहारिक ज्ञान समेत उपलब्ध गराइन्छ । यसका लागि आधुनिक कम्प्युटर ल्याब तथा पुस्तकालयको व्यवस्थो छ ।

 

यसका अतिरिक्त विद्यार्थीहरुको खोज तथा अनुसन्धानमा केन्द्रित रहेका जर्नलहरुको प्रकाशनलाई अनिवार्य बनाइएको छ ।

 

प्रभावकारी अभिमुखीकरण कार्यक्रम, प्रोजेक्ट वर्क तथा प्रस्तुति, केस स्टडी प्रतियोगिता, बिजनेस प्लानप्रतियोगिता, उद्यमशिलताविकास कार्यक्रमलगायतलाई निरन्तर प्रभावकारी ढंगले सञ्चालनगर्दै आएको यस कलेजमा विज्ञापन प्रतियोगिता, हाजिरी जवाफप्रतियोगिता सहितसांस्कृतिककार्यक्रमर खेलकुदकार्यक्रकपनिआयोजना गरिन्छ । यी सबै कार्यक्रमले विद्यार्थीमा अन्तरनिहितप्रतिभा प्रस्फुटन गर्न ठूलो सहयोग गरिरहेको हुन्छ ।

त्यस्तै नियमीत रुपमा व्यवस्थापन क्षेत्रकाविज्ञहरु निम्त्याई उनीहरुको अनुभव समेत सुनाइन्छ जसले गर्दा यहाँ अध्ययनरत विद्यार्थीहरुले औपचारिक अध्ययनको समाप्तीसँगै आफूलाई कार्य क्षेत्रमा सबल तथा सक्षम प्रमाणित गर्न सकिरहेका छन् । देशबाहिरका प्रतिष्ठित विश्वविद्यालयहरुमा यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरुले पाइरहेको सफलता पनि अत्यन्त लोभलाग्दो छ ।

विश्वका ख्यातीप्राप्त अन्य धेरै विश्वविद्यालय तथा शैक्षिक केन्द्रसँग सहकार्य भएका कारणले गर्दा पनि युनिग्लोब कलेजले दिने शिक्षाथप गुणस्तरीय बन्नपुगेको छ । अमेरिका, बेलायत, क्यानाडा, भारत, वंगलादेश, थाईल्याण्ड, पोल्याण्ड लगायतकामुलुककाचर्चित विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको यस कलेजमा ती विश्वविद्यालयकै प्राध्यापकहरु आएर समेत अध्ययन–अध्यापन गराउने गरेका छन् ।

कलेजले प्रत्येक वर्ष विश्व र नेपालमा भएका नयाँ र चुनौतीपूर्ण बिषयलाई लिई अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने गर्दछ । यस सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता लगायत यस कलेजका विद्यार्थीहरुको शोध पत्रहरु पनि प्रस्तुत गर्ने मौका प्रदान गरिन्छ । साथै यस कलेजका विद्यार्थीहरुलाई विदेशमा अन्तराष्ट्रिय सम्मेलनमा भागलिन पठाईन्छ । कलेजले एक वर्षमा १६ वटा जर्नल प्रकाशितगर्दछ । यी जर्नलहरुमा विद्यार्थीहरुका अन्तराष्ट्रिय स्तरका अनुसन्धानमूलक लेखहरु प्रकाशित गरिन्छ ।

कलेजमा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने मानव स्रोत उत्पादन भईरहेको र यहाँ अध्ययन सकिए पछि यहाँका विद्यार्थीहरु कुशल व्यवस्थापक, मार्केट लिडर र उद्यमी भएर नेपालीयुवालाई रोजगारी दिएको, फाइनान्सको पहुच ँगाउँगाउँमा पु¥याएको रआफुले सोचे अनुसारको पेशामा उच्च सफलता हासिल गरिरहेको हुँदा युनिग्लोब कलेज पोखरा विश्वविद्यालयको नमूना र नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट कलेज हुन सफलभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्