‘म्याकसीमो एच डी सिरिज’को गाडीको बिक्री



काठमाडौं(नेस)
दुगड ब्रदर्श एण्ड सन्सले नयाँ स्टाईलिस ‘म्याकसीमो एच डी सिरिज’को गाडीको बिक्री शुभारम्भ गरेको छ । अघिल्लो भागमा आठ र पछिल्लो भागमा सातओटा स्प्रीङ पत्ता भएको यो गाडीलाई ‘बढाऔं आफ्नो प्रोफिटको साईज’भन्ने नाराका साथमा ‘प्रोफिट ट्रक’को रुपमा ग्राहकमाझ ल्याएको हो ।

समारोहमा दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विवेक दुगडले महिन्द्रा संगको २६ बर्ष देखिको विश्वासिलो र दिगो सम्बन्धको बारेमा प्रकाश पार्दै महिन्द्राको अनेकौ गाडीहरु द्वारा सन्तुष्ट पारिएको ग्राहकहरु नै आफ्नो बलियो पक्ष भएको र निरन्तर ग्राहकवर्गहरुलाई सन्तुष्ट पार्नुनै आफ्नो मुल लक्ष्य भएको कुरा बताउनुभयो ।

नयँँ स्टाईलिस लुक, नयाँ विशेषताहरु सहितको म्याकसीमो एच डि सिरिजका गाडीले ग्राहकहरुलाई धेरै नाफा गराउनुका साथै आनन्दित र आरामदायक यात्रा गराउने कुरामा ढुक्क भएको बताइएको छ ।

महाराष्ट्र, भारत स्थित अन्तराष्ट्रिय स्तरको प्लान्टमा बनेका यी गाडीहरु २ बर्ष वा ७५ हजार किमी वारेन्टीसहित नेपालका सबै ठाउँहरुमा रहेका डिलर नेटवर्कहरुमा उपलब्ध भएको जानकारी दिइयो ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड नेपाल कन्ट्रि हेड चैतन्य कगल्कार र कार्यकारी निर्देशक दुगडको उपाध्यक्ष विवेक दुगडले सार्वजनिक गर्नुभयो । ‘प्रोफिट ट्रक’को रुपमा को रुपमा अधिक नाफा प्रत्याभुति भएको यी गाडीहरु अगाडि आठ र पछिल्लो भागमा सातओटा स्प्रीङ्ग पत्ता, ८५० केजीसम्म बोक्न सक्ने क्षमता, २६ एचपीको इन्जिन पावर र धेरै माइलेजसहित ग्राहकमाझ ल्याइएको छ । चाँडै नै धेरै भन्दा धेरै ग्राहकहरुको मन जित्न सफल हुने कुरामा कम्पनी विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्