पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल र डिजेलको मूल्य एक/एक रुपैयाँले वृद्धि भएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्यमा पनि वृद्धि भएको छ । ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १२ पुगेको छ भने डिजेलको ९६ रुपैयाँमा पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । बढेको मूल्य बुधबार राति १२ बजेबाट लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्