नाडाल सेमिफाइनलमा



न्यूयोर्क, अमेरिका । स्पेनी खेलाडी राफाल नाडाल यहाँ भइरहेको यूएस ओपन टेनिस प्रातियोगिताको सेमिफाइनलमा पुग्न सफल भएका छन् । उनले आज बिहान भएको निकै संघर्षपूर्ण खेलमा अष्ट्रियन खेलाडी डोमिनिक थिमलाई ०–६, ६–४, ७–५, ६–७ र ७–६ को अन्तरले हराएका हुन् । यो खेल करिब ५ घण्टासम्म चलेको थियो ।

विश्वका १ नम्बर खेलाडी नाडालले थिमलाई हराएर अंकमाल गर्दा न्यूयोर्कमा मध्यरात अर्थात् राति २ बजिसकेको थियो । अब नाडालको सेमिफाइनलमा क्रोयशियन खेलाडी सिलिक वा जापानी खेलाडी निशिकोरीबीच हुनेछ । यी दुई खेलाडीबीचको क्वार्टरफाइनल खेल नेपाली समय अनुसार भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्