लोक गायक गायिका सम्मानित



लोक गायिकाद्धय विमाकुमारी दुरा र शर्मिला गुरुङको साथमा गायक राजु परियार सम्मानित भएका छन्।

मामाघर रेष्ट्रो एण्ड बार, नया“ बजारद्वारा बारका प्रवन्ध निर्देशक दुर्गाप्रसाद घिमीरेको सभापतित्व, अभिनेत्री वसुन्धरा भुषालको प्रमँख आतिथ्यता तथा बारका सञ्चालक महेश गुरुङ, गायक दुर्गा गुरुङ, भिडियो सम्पादक विष्णु तिमिल्सिनालगायतको आतिथ्यतामा सम्पन्न तीज विषेश कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

डा. घनश्याम खतिवडाद्वारा सञ्चालित कार्यक्रममा विमा कुमारी दुरा, शर्मिला गुरुङ, राजु परियार, अर्ज‘न खड्का, ऋतु तामाङ, अनुजा पुडासैनी, विधा गुरुङलगायतका गायकगायिकाले आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए भने गोपाल थापा, शोभा थापा मगर, अर्ज‘न खड्का लगायतका कलाकारको नृत्यमा दर्शकले पनि नाचेर साथ दिएका थिए। निर्भाना कला केन्द्रको नृत्य रहेको कार्यक्रममा नृत्य निर्देशन गोपाल थापा र प्रसन गुरुङले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्