बमकाण्डमा दुईजना दोषि ठहर



नयाँदिल्ली,(एजेन्सी)
भारतको एक अदालतले सन् २००७ मा दक्षिणी शहर हैदरावादमा भएके बम विस्फोट काण्डलाइ लिएर एउटा प्रतिवन्धित इस्लामिक समुहका दुईजना सदस्यलाई मंगलावार अभियुक्त करार गरेको छ ।

हैदरावादको एक खुल्ला खेलकुद रंगशााला र अर्को रेष्टुरेन्टमा भएका बम आक्रमणमा कमितमा बयालिस व्यक्तिको ज्यान जानुका साथै अन्य साठी जना भन्दा बढि घाइते भएक थिए । भारतिय मुजाहिद्धिन समुहका यि दुई सदस्यलाई आगामी १० सेप्टेमवरमा संजाय सुनाइने भएके छ ।

सन् १९९२ यता मात्र हैदरावादमा कमितमा नौ वटा भयानक बम आक्रमण भइसकेको छ । पछिल्लो आत्ररमण सन् २०१३ मा भएके हो । त्यसबेला भएक दुईवठटा बम विस्फोटमा १२ जना मानिसका ेज्यान गएको थियो । सन् २००७ का ेबम काण्डमा पााचजना पुरुषको संलग्नता रहेका ेबताइएको छ ।

तिनीहरु सबैलाई सन् २००८ मा गिरफतार गरिएको थियो । मंगलवार तिनीहरु मध्ये दुईजनालाई दोषि ठहराइएको थियो भने अन्य दुईजनालाई सफाई दिइएको अदालती सुत्रले जनाएके छ । पााचौ अभियाुक्तकोबारे आगामी सोमवार अदालतले निर्णय दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्