न्यु ईरालाई उपाधि



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा नेपाली महिलाहरूको महान पर्व हरितालीका तीज पर्वको अवसरमा आयोजना गरिएको महिला खुल्ला लिग बास्केटबल प्रतियोगिताको नतिजा उपाधि न्यू ईरा बोडिङ स्कुल बेसीशहरले जितेको छ ।

लमजुङ मस्र्याङ्दी क्लबको आयोजनामा बेसीशहरको विद्या विकास बोर्डिङको खेल मैदानमा भएको फाइनलमा न्यु ईराले भुपु सैनिक बोर्डिङ स्कूल बेसीशहरलाई ४३–२५ अंकले हराएर उपाधि जित्यो । विजेता टोलीले १० हजार र उपविजेताले ५ हजार नगद प्राप्त गरेका थिए ।

प्रतियोगितामा हाई स्कोर गर्न सफल न्यु ईरा बोडिङका सब्रिना पुन र विद्या विकास माविका उत्कृष्ट खेलाडी घोषित रोजी गुरुङलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्