पाकिस्तानद्धारा नेपालविरुद्ध १ गोल प्रहार



काठमाडौँ ।
साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपालविरुद्ध पाकिस्तानले १ गोल प्रहार गरेको छ ।

खेल शुरु भएको ३६ औँ मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र नेपालका कप्तान विराज महर्जनले फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको हो । पाकिस्तानका हसन नविद बासिरले गोल गरेका हुन् ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्