सारापोभा यसपटक पनि असफल



न्युयोर्क, (एजेन्सी)
ग्रान्डस्लाम उपाधि जित्ने आस गरिरहेकी मारिया सारापोभा यस पटक पनि असफल भएकी छन् । सोमबार युएसओपन अन्तर्गत चौथो चरणमा रुसकी सारापोभालाई स्पेनकी कार्ला स्वारेज नभारोले ६–४, ६–३ ले हराएकी थिइन् । पाँच पटककी ग्रान्ड स्लाम च्याम्पियनको पहिलो सेटमा तीन सर्भिस बे्रक भएको थियो । दोस्रो सेटमा पनि यस्तै प्रदर्शन दोहोरिएपछि सारापोभाको लागि युएस ओपनको यात्रा समाप्त भयो । १५ महिनाको डोपिङ प्रतिबन्धबाट फर्केपछि सारापोभा ग्रान्डस्लामको क्वार्टरफाइनल भन्दा माथि पुग्न सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्