एक साता सम्म नाचेर अन्तिम दिन कंशको नष्ट



धनवीर दाहाल, रुकुम ।
बिशेष गरी नेवार समुदायले मनाउँदै आएको लाखे नाच रुकुममा भने अन्य समुदायले मनाउन थालेका छन् । रुकुममा नेवार समुदाय न्युन भएपनि लाखे नाच संरक्षण गर्नका लागी अन्य समुदायले पर्वका रुपमा मनाउन थालेका हुन् । जिल्ला सदरमुकाम मुसिकोट लगाएत ग्रामिण स्तरमा समेत लाखे नाचको बर्चश्व छाएको छ । दुई हप्ता सम्म नाचिने यो लाखे नाँचको श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट सदरमुकाममा समापन गर्ने परम्परा रहेको छ ।

श्रीकृष्णले कंशलाई मारेको सम्झनामा यो लाखे नाच नाच्ने गरेको बताइएको छ ।
नाँचमा कृष्णकी पत्नी गोबी समेत बनाइएको हुन्छ जसलाई कशंले अपहरण गरेको र कृष्णले कशंको परिवार नास गरेर यो नाचको समापन गरिन्छ । परापर्ब कालदेखि चलिआएको लाखे नाच लोप हुन नदिन अन्य समुदायले नाचको शुरुवात गरेका हुन् । मुसिकोट, पातुखोला , पिपलनेटा , बागबजार , सेरीगाउ सालघारी लगायतका स्थानियका घर तथा बजारमा सो नाचको प्रर्दशन गरिन्छ । स्थानियबाट संकलन भएको रकमले कंशलाई मार्नको लागी बोको बली दिई कशंको नास गर्ने परम्परा छ । रुकुम पश्चिमको मुसिकोटमा सातादिन अघिबाट सुरु भएको लाखेनाच आज हर्षउल्लासका साथ समापन भएको छ ।


मुसिकोट बजार परिक्रमासंगै बराहटाकुरा मैदानमा विधिपूर्वक पूजापाठ तथा बोकाको बलि दिएर लाखेनाच समापन गरिएको हो । यहाँको लाखेनाच समापनको अन्तिम दिनलाई जात्राको रुपमा मनाउने प्रचलन रहेको छ । हरेक वर्षको साउन महिनाको शुक्ल पूर्णिमाको दिनबाट सुरु हुने लाखेनाच रुकुम पश्चिमको मुसिकोट र आसपासका बजारमा भव्य रुपमा मनाउने गरिन्छ । स्थानीय बाजागाजाको साथमा बजार क्षेत्रका घर आँगनमा पुगेर नाच्दै रमाउने यस जात्राले आपसी सद्भाव र सहिष्णुता कायम गर्ने विश्वास रहेको छ ।

यो नाच रुकुम जिल्लाको सन्दर्भमा २०४० सालदेखि सुरु भएको लाखेनाच संरक्षणका अगुवा टेकबहादुर नेपालीले जानकारी दिनुभयो । हरेक बर्ष कृष्णाजन्मष्टमीको भोलीपल्ट भव्य रुपमा समापन हुने लाखेजात्राले सबै समुदायको बीचमा आपसी सद्भाव कायम गर्न मद्दत पुग्ने जनविश्वास छ । वर्षदिनको साउने–भदौरे झरीले कुनै पनि हानी नोक्सानी नगरोस् भन्ने कामना गर्दै लाखे नाच्ने प्रचलन रहेको लाखे जात्रा व्यवस्थापन समूहका अध्यक्ष चूडामणी नेपालीको भनाई छ ।


श्रीमद् भागवतको कथामा आधारित कृष्ण चरित्रमा देखिने यो नाचको मुख्य भूमिकामा लाखे संस्कृति अन्तर्गत एकजना लाखे, एकजना स्वाँके र एकजना छोटामारोरी गरी तीन जनाले नृत्य गर्छन् । भाद्र कृष्ण अष्टमीका दिन मथुरामा माता देवकीको आठौं गर्भबाट श्रीकृष्ण भगवानको जन्म भएपछि र उक्त खुसीमा नाचगान गर्दै रमाउँदै कृष्ण जन्माष्टमीलाई उत्सवको रुपमा मनाउने गरिन्छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान कृष्णले आफूलाई मार्न खोज्ने आफ्नै मामा कंशको अन्याय र अत्याचारलाई अन्त्य गर्दै हत्या गरेको दृष्यलाई लाखे जात्राका कलाकारले कलात्मक शैलीमा प्रस्तुत गर्दछन् । लाखेजात्रा समापनको दिन यस रमाईलो उत्सव हेर्न सदरमुकाम मुसिकोट खलंगामा जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणको घुँईचो लाग्ने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्