कञ्चनपुरमा एक युवकको शव फेला



हरकसिंह धामी, क्ञ्चनपुर ।
कञ्चनपुरको बेदकोट नगरपालिका वाड नं.१ चम्फापुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमै एक युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका–२ उल्टाखामका ४५ बर्षिय कल्यान पार्कीको शव खोला किनारको झाँडीमा फेला परेको छ ।
बेदकोट नगरपालिका १ नम्बरका वडाध्यक्ष हरि गिरीले निकुञ्जका गेमस्काउटले गस्ती गर्ने क्रममा शव देखेको बताए । वडाध्यक्ष गिरीले गेमस्काउटले शव देखेपछि स्थानीय चम्फापुरको प्रहरी चौकीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा कसैले कहिकतैबाट हत्या गरेर झाँडीमा फालेको जस्तो देखिन्छ, ‘वडाध्यक्ष गिरीले भने, शवको माथिबाट माटो लागेको छ ।

कञ्चनपुर प्रहरीले युवकको हत्या वा आत्महत्याको विषयमा अनुसन्धान थालिने जनाएको छ । पुर्वपश्चिम महेन्द्र राजमार्गकै छेउमै रहेको निकुञ्जमा शव भेटिएपछि स्थानीय त्रसित भएका छन् । स्थानीयले घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेका छन् ।
कञ्चनपुरमा हत्या र बलात्कार जस्ता ज्घन्य अपराध बढदै गएका कारण भय त्ररासको वातावरण सृजना भई रहेको छ, यस्ता प्रकारका घटनामा कमि ल्याउन जिल्लाको सुरक्षा व्यवस्था कडा बनाउन सरकार र सरोकारवाला पक्षले समयमै ध्यान दिनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्