दोस्रो जनमत संग्रह नहुने: मे



लन्डन (एजेन्सी)
बेलायतकी प्रधानमन्त्री टेरिजा मेले अर्को ब्रक्जिट जनमत संग्रहको सम्भावना अस्विकार गर्दै त्यो बेलायती लोकतन्त्रका लागि धोका हुने बताइन् ।

डेली टेलिग्राफ वेबसाइटमा शनिबार राती प्रकाशित टेरिजा मेको प्रमुख लेखमा उक्त कुरा उल्लेख गरिएको थियो । टेरिजाले लेखमा भनेकी छिन् – यो सरकार बेलायती जनताको लोकतान्त्रिक फैसलालाई पुरा गर्नेछ र बेलायत अर्को बर्ष मार्च २९ बाट युरोपेली संघबाट औपचारिक रुपबाट अलग्ग हुनेछ र हामी यसतै गर्ने छ ।

टेरिजाले भने– हामी एक बलियो, अझ राम्रो बेलायतको निर्माण गर्ने छौं, जुन भविष्यका लािग सही हुने छ ।

आफनो सरकारले बेलायतको भलाइका लागि काम गर्नेमा आफु आश्वस्त रहेको उनले बताइन् । मेले ब्रसेल्ससँग लामो वार्ताका सन्दर्भमा यदि आवश्यक पर्यो भने पनि बेलायत त्यसका लागि तयार नहुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्