अमेरिकाले पाकिस्तानलाई अनुदान सहयोग रोक्ने



वासिंगटन,(एजेन्सी)
अमेरिकी सेनाले इस्लामावादले आंतककारी लडाकु समुहहरु विरुद्ध कारवाहि गर्न असफल भएको भन्दै पाकिस्तानलाई दिइने ३० करोड अमेरिकी डलर वरावरको अनुदान सहयोग रद्ध गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि नै पाकिस्तान माथि अर्वौं डलर लिएर अमेरिकालाई धोका दिँदै आएको आरोप लगाउँदै आएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल कोन फल्कनरले अमेरिकी सेनाले ‘ अत्यन्त जरुरी प्राथमिकता ’ मा पैसा खर्च गर्ने लक्ष लिएको जानकारी दिएका छन् ।

गत जनवरीमा अनुदान सहयोगमा व्यापक कटौति गर्ने अभियानको एक हिस्साको रुपमा रहेका यस प्रस्तवलाई अमेरिकी कंग्रेसले अनुमोदन गर्नु बाँकी नै छ । अमेरिकस् विदेश विभागले आफ्नै गठ्बन्धनको प्रमुख सदस्य राष्ट्र पाकिस्तानले हक्कानी समुह र अफगान तालिवान लगायत आफ्नो भुमिमा सक्रिय आतंककारी समुहहरुलाई रोक्न नसकेको आरोप लगाएको छ ।

शनिवार प्रकासित एक विज्ञप्तिमा कर्णेल फल्कनरले भनेका छन् , ‘ हामी निरन्तर रुपमा पाकिस्तानलाई सम्पुर्ण आतंककारी समुह माथि भटाभट आक्रमण गर्न दवाव दिइरहेका छौं । तर पाकिस्तानले यस मामिलामा निर्णय कारवाही गर्न नसकेकाले यो रोकिएको ३० करोड डलर अन्य कतै प्रयोग गरिने छ । ’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले नयाँ प्रधानमन्त्री इमरान खानलाई भेट्न पाकिस्तानको भ्रमण गर्न लागेको केहि दिन अघि मात्र अमेरिकाले यस्तो निर्णय गर्न पुगेको हो । गत जनवरीमा अमेरिकी सरकारले पाकिस्तानलाई दिइने सम्पुर्ण सुरक्षा सहयोग रद्ध गर्ने घोषणा गरेको थियो ।

लामो समय देखि नै अमेरिकाले पाकिस्तानले सिमापारीबाट अफगानिस्तानमा आक्रमण गराउने उद्देश्यले पाकिस्तानले आफ्नो भुमिमा लडाकु संजालहरुलाई सुरक्षा प्रदान गरिरहेको आरोप लगाउाद ैआएको हो ।

यस पछिल्लो आर्थिक सहयोग कटौति विषयलाई लिएर पाकिस्तानले अहिले सम कुननै प्रतिक्रिया जनाएको छैन । तर पाकिस्तानी सेनाले जनवरीको कारवाहीलाई लिएर आफुले कहिल्यै पनि पैसाको लागि लडाईं नगरेको बरु शान्तिका लागि लडेको तथा ठूलो परिणाममा धनजन क्षति व्यहोर्दै सम्पुर्ण लडाकुहरु माथि आक्रमण गर्दै आएको दावी गरिसकेको छ ।

यसैगरी शुक्रवार अमेरिकाले आफुले संयुक्त राष्ट्र संघिय प्यालेस्टाइनी शरणार्थी निकाय ‘ संयुक्त राष्ट्र संघिय राहत तथा कार्य निकाय ’ का लागि प्रदान गर्दै आएको सम्पुर्ण पैसा रोकने घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्