सिरिया: विमानस्थलमा विस्फोट



दमास्कस,(एजेन्सी)
सिरियाले आइतवार राजधानी दमास्कस नजिकको एउटा सैनिक विमानस्थलमा भएको श्रंखलावद्ध आक्रमणमा इजरायलको हात नरहेको भन्ने प्रतिवेदन अस्विकार गरेको सरकारी संचार माध्यमले जनाएको छ ।

सिरियाली सैनिक सुत्रहरुलाई हवाला दिँदै साना समाचार निकायले मेज्जेह विमानस्थलमा रहेको एउटा हतियार भण्डारमा विस्फोट भएको पुष्टि गरेको छ । बिद्युतिय गडबडीको कारणले सो दुर्घटना भएके बताइएको छ ।

विस्फोट भएको विमानस्थलमा सिरियाली वायुसेनाको गुप्तचर कार्यालय रहेको बताइएको छ । विगतमा इजरायलले हवाई हमला गरिरहने भएकाले यसमा पनि त्यसैको हात रहेको अनुमान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्