सोमालिया: कारबम हमला



मोगादिसु,(एजेन्सी)
सोमालियाको राजधानी मोगादिसुको एक सरकारी भवनमा आइतवार भएको आत्मघाती बम आक्रमणमा तीनजना सैनिकको मृतयु हुनाको साथै नजिकको एउट बिद्यालय भवन ढल्न पुगेको वीवीसी सोमालीले जनाएको छ ।

प्रहरीले हाउल्वाडाग जिल्लामा भएको कार बम आक्रमणमा छ जना बालबालिका सहित चौध जना सैनिक घाइते भएको जनाएको छ । सो शक्तिशाली विस्फोटको कारण नजिकका अन्य घरहरु पनि क्ष्ाितग्रीस्त हुनाकासाथै एउटा मस्जिदको छान पनि उडेको छ । दस वर्ष भन्दा लामो समयदेखि शसस्त्र आन्दोलन गर्दै आएको अल–सवावले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्