डाक्टरलाई ऐठन



आन्दोलन अनेकथरीका हुन्छन्, नेपाल यो मामलमा अब्बल छ । राजनीतिशास्त्रको अब्बल प्रयोगात्मक कक्षा नियाल्न पाइन्छ । हप्ताका सातै दिन, हरेक महिनै पिच्छे मात्रै होइन, बाह्रै महिना आन्दोलनको खाँचो हुन्न । केन्द्रमा केही गरी आन्दोलनको खडेरी प¥यो भने जिल्ला र प्रदेशमा सानो तिनो भएपनि माहोल चलिरहन्छ ।

राजनीतिक दल र विद्यार्थी कुनै बेला आन्दोलनका पर्याय बनेका थिए । तर अहिले सबै तह र तप्कामा आन्दोलनको रस राम्रैसँग विज्या छ । डाक्टर, वकिल, कर्मचारी, यातायात सञ्चालक, सामाजिक अभियन्ता अनि बेला मौकामा कुचिकार समेत कुचो र झाडु सहित सडकमा उत्रिन माहिर छन् ।

पुरानो मुलुकी ऐन खारेज भएर नयाँ मुलुकी संहिता लागु भएपछि डाक्टरलाई हरेक दिन निन्द्रा प¥या छैन, ठूलै ऐठन हुन थाल्या छ । संहिताले राम्रै लगाम लगाएपछि लगामले निद हराम गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिया छन् । संहिता आफूहरु अनुकूलको नबनाए विरामी नचाच्ने सामान्य धम्की दिएका चिकित्सक लाइसेन्स समेत त्याग्ने धम्की दिन पछि प¥या छैनन् ।

शितल निवास, सिंहदरवार, बालुवाटार, बालकोट, खुमलटार जस्ता दरवार र घरवारले ठूलै चुनौती दिएपछि आन्दोलनमा उत्रिनुको विकल्प नभएको उनीहरुको तर्क छ । धरहरा भन्छ–‘ठूला दरवार र घरबारलाई चुनौती नै दिन्छौ भने लाइसेन्स त्याग अनि आन्दोलनमा उत्रिएर देखाऊ ।’

प्रतिक्रिया दिनुहोस्