पहिरोले घर भत्कीदा एकै घरका तीन वालवालिकाको मृत्यु



सरिता चलाउने सल्यान । सल्यानममा अविरल वर्षा पछि आएको पहिरोले घर भत्कीदा एकै घरका तीन वालवालिकाको मृत्यु भएको छ ।

 

जिल्लाको बागचौर नगरपालिका- १२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतवार वेलुकी पहिरोले पुरिएपछि उहाँका २ छोरी १ छोरा पुरिएर मत्यु भएका हुन । पहिरोमा पुरिनेमा बालाराम डाँगीका १० बर्षिया छोरी ललिता डाँगि, ७ बर्षीया छोरा ललित वलि र बर्ष चारकी छोरी मेनका डाँगि रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

बुवा आमा गोठमा भैसि दुहुन गएको बेला घरमा बालबालिकाले खाना खाँदै गरेको समयमा घर माथि बाट पहिरो आएर भान्छा कोठा भत्कीए पछि ३ बालबालिका पुरिएका थिए । पुरिएर मृत्यु भएका बालबालीकाई झन्डै ११ घण्टा पछि अहिले उद्धार गरिएको ईलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी नायब निरक्षक रतन शर्माले बताउनु भयो ।

उहाँले भन्नु भयो, राती उद्धार गर्न कठिनाई भएकोले अहिले बिहान मृतक बालबालीकाको शब निकालिएको छ, अहिले गाउँ नै शोकमा डुबेको छ, जिल्ला बाट प्रहरी, प्रशासनको टोली पुग्यो भने सबै अनुसन्धान गरी मुचुल्का गराउछौ, बाहीर पानी परेका कारण बालबालीका भित्र आगो तापिरहेको अवस्थामा घर माथि बाट पहिरो आएर घरको भित्ता भत्कीएर उनिहरुको पुरिएर मृत्यु प्रनानि शर्माले बताउनु भयो ।

घटना स्थलमा जिल्ला प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाह, र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । घटनास्थल सदरमुकाम देखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण बाटो बिग्रिएकाले त्यहाँ पुग्न अझै ४, ५ घण्टा लाग्ने बताउनु भयो ।

घटनामा इलाका प्रहरी कार्यलय सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट उद्धारका लागि टोली खटिरहेका उहाँले बताउनु भयो । गएको मगंलबार पनि बागचौर नगरपालीका वडा नम्बर ४ सिमखोली सेतोगुरासमा पहिराले घर पुरिदा एकै घरका बाबु आमा सहित ३ छोराछोरीको मृत्यु भएको थियो ।

पहिरोमा ३ बालबालिका बेपत्ता

प्रतिक्रिया दिनुहोस्