अत्याधुनिक “रोबोकोप” पहिरनको विकास



मस्को, (एजेन्सी)
भविष्यमा हुन सक्ने युद्धको तयारीका क्रममा अमेरिकाले अन्तरिक्ष बल तयार गर्ने चर्चा रहेकै बेला रुसले ‘रोबोकोप’ सैनिक पहिरनको दिशामा ठूलो कदम चालेको छ। रुसले रोबोकोपएक्सो–स्केलेटन कवचको परीक्षण पनि शुरू गरेको छ। हालै प्रदर्शित आफ्नो सुपर सोल्जर स्केलटनलाई लिएर रुसले उक्त बख्तरबन्द ढा“चाको पहिरन भएको कमान्डोको शक्ति सामान्य सैनिकभन्दा कैयौं गुणा बढी हुने दाबी गरेको छ।

यो सुट ‘स्टार वार्स’ फिल्ममा देखाइएका सैनिकहरूको जस्तै देखिएको मेल अनलाइनले जनाएको छ। यो प्रोटोटाइप सैन्य एक्सो–स्केलेटनका विषयमा भनेका छन्– ‘यसबाट पैदल हि“ड्ने सैनिकले एक हातले नै मेसिनगन चलाउन सक्छ र उनको निसाना कम्प्युटरको जस्तो सटिक हुनेछ।’
भविष्यको सैन्य सुट
यो सुट लगाई जवान भारी वजन उठाउन सक्छ र सामान्यभन्दा तीव्र दौडन पनि सक्छ। सैन्य सामग्री उत्पादन गर्दै आएको फर्म स्नितोस्मास ले रत्निक–३ ‘भविष्यका सेना’ सुट तयार गरेको हो। यसलाई हालै मस्कोमा आर्मी २०१८ इन्टरनेसनल मिलिटरी एन्ड टेक्निकल फोरममा प्रदर्शनमा राखिएको छ।

गोली र छर्राले असर नुहने
टाइटेनियमबाट तयार गरिएको उक्त पहिरनलाई लगाउनेको शक्ति र क्षमता बढाउने अभिप्रायले डिजाइन गरिएको छ। यो पहिरन लगाउने कमान्डोमाथि गोली र बमको छर्राले कुनै असर गर्दैन। सन् २०२५ सम्ममा युद्ध मैदानका लागि यो सुट तयार भइसक्ने रुसी कम्पनीले दाबी गरेको छ। परीक्षणमा रहेको यस नवीन सैन्य पहिरनमा अहिले भने केही ब्याटरीको समस्या आइरहेको बताइएको छ।

यसमा बुलेटप्रुफ घा“टी सुरक्षा कवच लगाइएको छ। जसबाट गोली घा“टीसम्म पुग्न रोकिनेछ। डिजिटल हेलमेट, जसमा जडित स्क्रिनमा निसानका बारेमा सूचना प्राप्त हुन्छ। साथै यसबाट सैनिकको स्वास्थ्य डाटा पनि प्राप्त भइरहन्छ। यस पहिरनमा अनुहार सुरक्षाका लागि फेस प्रोटेक्सन मास्क लगाइएको छ। श्वास लिनका लागि विशेष प्रविधिको प्रयोग गरिएको छ। सुटको तापमान आफ्नो हिसाबले घटाउन बढाउन सकिनेछ। यो पानी नछिर्ने र आगोले केही नहुने विशेषतायुक्त छ।
त्यसै गरी सुटस“गै टर्च, ब्याटरी प्याक र रातिका लागि भिडियो क्यामरा पनि दिइएको छ। राइफलमा दुई ब्यारल्स राखिएको छ, जसले फरक–फरक आकारका गोली प्रहार गर्न सक्छ। कम्प्युटर नियन्त्रित भएका कारण सैनिकले भारी हतियार लामो समयसम्म बोकिरहन सक्छ। यसको बुट्स गोली, हिलो वा बारुदी शुरूङबाट असर नपर्ने गरी डिजाइन गरिएको छ। यसमा ‘माइन डिटेक्सन’ सेन्सर्स पनि लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्