क्यानडा–अमेरिका व्यापार वार्ता नतिजाविहीन



वासिङ्टन, (एजेन्सी)
अमेरिका र क्यानडाबीच उत्तर अमेरिकी खुला व्यापार सन्धि अर्थात् नाफ्टामा संशोधनका लागि भइरहेको वार्ता नतिजाविहीन बनेको छ।
अर्को हप्ता फेरि क्यानडाका अधिकारीस“ग भेटवार्ता गर्ने र सम्झौतामा पुग्ने प्रयास गरिने अमेरिकी अधिकारीले बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट क्यानडास“ग कुनै पनि सम्झौता अमेरिकी सर्तका आधारमा मात्रै हुने बताइएको थियो। यद्यपि ट्रम्पले पछि उक्त कुरा ‘अफ दि रिकर्ड’ मा भनेको बताए। उक्त विषय बाहिर आएपछि आफूले के चाहेको हो भन्ने कुरा क्यानडाले बुझेको हुनुपर्ने ट्रम्पले बताए। हालै मात्र अमेरिकाले मेक्सिकोस“ग व्यापार सम्झौता गरेको थियो र यसलाई पनि त्यसरी नै अगाडि बढाउने अमेरिकी प्रयास भइरहेको जनाइएको छ।

१ खर्ब अमेरिकी डलरको व्यापार हुने उक्त त्रिदेशीय व्यापार सम्झौतामा उक्त वार्ताको महŒव के हो भन्ने स्पष्ट हुन सकेको छैन। ≈वाइट हाउसका लागि अमेरिकी सदनलाई नया“ व्यापार सम्झौताको जानकारी दिन भनिएको ९० दिनको समय सीमा शुक्रबार अन्तिम दिन थियो। अमेरिकालाई डिसेम्बर १ अगाडि नै नया“ नाप्mटा सन्धिमा हस्ताक्षर गर्नुपर्नेछ। सोही दिन मेक्सिकोका नव निर्वाचित राष्ट्रपति आन्डे«स म्यानुएल लोपेज ओब्राडोरले पदभार समाल्नेछन्।

अमेरिकाले उसको दूग्ध उत्पादनका लागि क्यानडा आफ्नो बजार खोलोस्, औषधिको पेटेन्टलाई अगाडि बढाओस् भन्ने चाहन्छ। अमेरिकाले क्यानडा लगानीकर्ता र सरकारबीचको झगडा सुल्झाउनका लागि बनेका अन्तर्राष्ट्रिय टोलीलाई अन्त्य गर्न पनि सहमत होस् भन्ने चाहेको छ।
शुक्रबारको बैठकमा विशेष गरी दूग्ध उत्पादनलाई लिएर सहमति बन्न नसकेको अमेरिकी अधिकारीहरूले बताए। क्यानडा यसमा कुनै प्रकारको सहुलियत दिन तयार छैन। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले यस मुद्दामा आफू पहिलेकै अडानमा कायम रहेको बताए। यसअघि क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले दुई देशबीच वार्ता अगाडि बढिरहेको र सम्झौता हुन लागेको बताएकी थिइन्।

उनले क्यानडाको अगाडि अमेरिकाको जस्तो समय सीमा नभएको बताइन्। उनले भनिन्– ‘क्यानडाका लागि राम्रो सम्झौता हुनुपर्छ भन्ने कुराले महŒव राख्छ, जब हामी क्यानडाका लागि राम्रो सहमति आउला, हामी सम्झौता गरिदिन्छौं।’

प्रतिक्रिया दिनुहोस्