१ अर्ब ४० करोडमा भारतको मानव अन्तरिक्ष अभियान



नया“ दिल्ली, (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्टमा स्वतन्त्रता दिवसको अवसरमा दिएको सम्बोधनमा देशको पहिलो मानवसहितको अन्तरिक्ष अभियानको घोषणा गरेका थिए। उनले इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (ईसरो) ले सन् २०२२ सम्ममा पृथ्वीको कक्षमा अन्तरिक्षमा पु¥याउने घोषणा गरेका थिए।

गत मंगलबार उक्त अभियानका लागि १ अर्ब ४० करोड अमेरिकी डलर खर्च लाग्ने अनुमानसहितको योजना प्रस्तुत गरियो। उक्त खर्च अमेरिका र रुसले गरेका खर्चको तुलनामा अत्यन्तै कम हो। उक्त अभियानमा ३ जना चालकदलका सदस्यलाई समावेश गर्न सकिने र पृथ्वीबाट ३ देखि ४ सय किलोमिटरको दुरीमा अन्तरिक्षमा ५ देखि ७ दिन बिताउने उल्लेख गरिएको छ। ईसरो कम खर्चमा अन्तरिक्ष कार्यक्रम सञ्चालनका लागि चिनिएको संस्था हो र यसले सन् २०१४ मा मंगल ग्रहमा पठाएको मंगल यान अभियान अमेरिकाको नासाले समान प्रकृतिको अभियानमा गर्ने खर्चको तुलनामा १० गुणा कम थियो। मंगल यान उपग्रहले गत जुनमा मंगल ग्रहको कक्षमा १ हजार दिन पूरा गरेको ईसरोले जानकारी दिएको थियो।

यी सबैका बाबजुद भारतका लागि अहिलेको प्राथमिकता भनेको उसको नागरिकका लागि सहरको पूर्वाधार संरचना र स्वास्थ्य उपचार तथा शिक्षा क्षेत्रको विकासमा केन्द्रित हुनुपर्ने दबाब छ। त्यसैले उसका लागि १ अर्ब ४० करोड डलर अन्तरिक्ष अभियान खर्च पनि किन भन्ने प्रश्न उठेको छ। यसको जवाफ भने सामान्य छ, गौरव अर्थात् अभिमानका लागि।

अन्तरिक्ष शक्ति राष्ट्रिय गौरवको स्रोत मात्र होइन, यसले विश्व मञ्चमा भारतको बढ्दो महŒवपूर्ण भूमिकालाई पनि संकेत गर्छ। भारत अन्तरिक्षमा मानव पठाउन इच्छुक हुनुमा अरू पनि कारण छन्। उसले कुनै दिन चन्द्रमाबाट इन्धन ल्याउन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्