झण्डै १२ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा



काठमाडाैँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । शनिबार राति करिब पौने ९ बजे यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्‍याएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्टि्रम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्