अन्तरिक उडान अव बिहान ५ बजे देखि



काठमाडौं(,नेस) । शनिवारबाट त्रिभवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बिहान ५ बजेवाट संञ्चालनमा आएकोे छ ।

विमानस्थलको हवाई चापलाई कम गर्नको लागि विमानस्थलको आन्तरिक टर्मिनलमा विहान १ घण्टा अगाडिबाट संञ्चालनमा ल्याइएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनु भयो । विगतमा विमानस्थल ६ बजेबाट राती ३ बजे सम्म संञ्चालन हुँदै आएको थियो । यो सँगै विमानस्थल २ घण्टा (३ वजे देखी ५ वजे सम्म) बन्द हुने छ ।

विगतमा विहान ६ बजेबाट विमानस्थल संञ्चालनमा ल्याउदा उडान भने ६ बजेर ४० मिनेटमा मात्र उडान शूरु हुदै आएको थियो ।‘ यात्रुको सुरक्षा जाच,टिकेट तथा लगेज व्यावस्थापन, विमानको चेकजाच, चालकदलका सदस्यहरु तयार हुदाँ करिव ४० मिनेट ब्यथित हुने गरेको थियो अव भने ५ बजे नै आन्तरिक टर्मिनल खुल्ला हुदाँ विमान ६ बजे देखि नै उडान गरिसक्ने क्षेत्रीले बताउनु भयो । विमानस्थल २२ घण्टा खुल्ला रहेपनि,भने उडान अवतरण भने २१ घण्टानै हुने छ ।

प्रतिक्रिया दिनुहोस्