बी.पी.सेनानी सम्मान पुरस्कार बास्तोलालाई



काठमाडौ(नेस) । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले यस बर्षको बी.पी.सेनानी सम्मान पुरस्कार नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलालाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पु¥याए बापत बाँस्तोलालाई यो पुरस्कार प्रदान गरीने भएको हो ।

त्यसै गरी बी.पी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरीने भएको छ । एक लाख एक हजार रुपैया राशि रहको यो पुरस्कार बी.पी. जयन्तीको अवसरमा बी.पी. ट्रष्टले भदौ– २२मा प्रदान गर्ने छ ।

बी.पी. ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धनुषचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतीबाट सो निर्णय गरीएको हो ।

ट्रष्टले अघिल्लो बर्ष बी.पी. सहित्य सम्मान पुरस्कार साहित्य तर्फ प्राध्यापक डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरेको थियो । यस बर्ष पनि बिशेष समारोहकाबीच पुरस्कार प्रदान गरीने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्