एनआईसी एसिया क्यापिटलले लाभांश दिने



काठमाडौं, (नेस)
एनआईसी एसिया क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले साधारण प्रस्तावअन्तर्गत गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पु“जीको ७ दशमलव ३६८४२ प्रतिशतका दरले हुन आउने करसहित १ करोड ४७ लाख ३६ हजार ८४२ रुपिया“ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

एनआईसी एसिया क्यापिटलले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकस“गै लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फन्ड, १ लाख ३० हजारभन्दा अधिक डिम्याट (डीपी) सेवाग्राही तथा ५ वटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालै लगानी परामर्श सेवा समेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्