वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन



काठमाडाैं ।  वरिष्ठ कलाकार, रेडियो नेपालका  पहिलाे गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ ।

१९८२ असोज २ गते जन्मियका रिमालको २०७५ भदौ १५ गते विहfन १ बजे निधन भएको हो ।

रिमालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जलीका लागी बिहान ७ बजे उहाँकै निवास नयाँ बानश्वर ह्वाइटहाउस कलेज अगाडी राखिने उहाँका नजिकका शिष्य तथा चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिनुभयो ।

श्रद्धान्जली पछि कुनै तडकभडक नगरी सिधै आर्यघाट लिएर रिमालकाे अन्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उहाँले कामनाकाे पहिलाे ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाउनु भएकाे थियाे ।

हेर्नुहाेस उहाँकाे भिडियाे

प्रतिक्रिया दिनुहोस्