संगीतमा दुई नयन



गीतकार लाक्पा डेण्डी शेर्पाको पहिलो गीति अडियो एल्बम दुई नयन राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

समारोहमा गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले उनको एल्बमको संयुक्तरूपमा लोकार्पण गरेका थिए। ‘गीतकार शेर्पाका गीतहरू मन छुने छन्’ –कार्यक्रममा गीतकार बरालले भने। संगीतकार बल्लभले विदेशमा रहेर पनि नेपाली गीत लेखनमा शेर्पाले देखाएको गीति मोहलाई सकारात्मकरूपमा लिनुपर्ने चर्चा गरे भने गीतकार शेर्पाले दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम दुई नयन जुराएको जनाए।

एल्बममा बुद्धले परिनिर्माण, स्वच्छ आकाश, उठौं वीरका सन्तति, म त अस्मिता लुटिएकी र माथि है साल्पा लेकैमा बोलका गीत संगृहित छन्। यी गीतमा यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईले स्वर दिएका छन् भने ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीलगायतले संगीत दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्