मलेसियामा खिचिएको भिडियो सार्वजनिक



पत्रकार तथा फिल्म निर्देशक डब्बु क्षत्रीको गीति अडियो एल्बम गुलाबी स्वरहरूमा संगृहित गीत यो तन यो मनको म्युजिक भिडियो रिलिज गरिएको छ। क्षत्रीले आफ्नो जन्मदिनको अवसर पारेर आफ्नै च्यानल ब्युटी न्युज नेपालबाट यो भिडियो रिलिज गरेका हुन्।

गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ। गीतमा संगीत संयोजन जुगल डंगोलले गरेका छन्। गीतको म्युजिक भिडियोको सुटिङ मलेसियामा गरिएको हो। भिडियोमा मोडल कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ। गीतको छायांकन मलेसियाको पर्यटकीय शहर मेलाक्कामा गरिएको छ। भिडियो सुजन न्यौपानेले खिचेका छन् भने भिडियो निर्देशक डब्बु क्षत्री आफैं हुन्।

 

प्रतिक्रिया दिनुहोस्