रुसमा प्रस्तावित पेन्सन नीति परिमार्जित



मस्को,(एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पेन्सन नीति परिवर्तन सम्बन्धमा नरम व्यवहार गर्ने योजना बनाएका छन् । पेन्सन नियम परिवर्तनका लागि राखिएको सरकारी प्रस्ताव विरुद्ध राष्ट्रव्यापि विरोध प्रदर्शन हुन थालेपछि पुटिनले बुधवार यो कदम चाल्न लागेको घोषणा गरेका थिए ।

पुटिनले सरकारी टेलिभिजन मार्फत भनेका छन् , ‘ महिलाहरुको पेन्सन पाउने उमेर ५५ बाट ६३ नपु¥याइ ६० बनाइने छ । तर पुरुषहरुको हकमा भने ५ वर्ष बढाएको नीतिलाई यथावत नै राखेर ६५ वर्ष नै तोकिने छ ।

राष्ट्रको काम गर्ने जनसंख्या खुमिचँदै गइरहेको कारण यो परिवर्तन आवशयक भएको हो । विभिन्न ट्रेड युनियनहरुले यस्तो परिवतर्न गरिँदा पेन्सन खान थुप्रै मानिस जिवित नरहने गुनासो गरेका थिए । रुसमा पुरुषको औसत आयु ६६ र महिलाको ७७ वर्ष रहेको विश्व स्वास्थ संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्