मुसर्रफलाई गिरफ्तार गर्न इन्टरपोलद्वारा अस्विकार



इस्लामाबाद (एजेन्सी)
पुर्व सैन्य शासक परवेज मुसर्रफको गिरफ्तारका लागि गरिएको आग्रहलाई इन्टरपोलले अस्विकार गरेको पाकिस्तान सरकारले बताएको छ ।

मुसर्रफ विरुछ देशद्रोह मामिलामा सुनवाही गरिरहेको एक विशेष अदालतलाई सरकारले मुसर्रफलाई गिरफ्तार गर्ने उसको आदेशलाई इन्टरपोलले अस्विकार गरेको जानकारी दिएको थियो । इन्टरपोलले राजनितिक प्रकृतिको मुद्दामा हस्तक्षेप गर्न नचाहेको जनाएको थियो ।

दुबईमा बसिरहेका पुर्व राष्ट्रपति विरुद्ध देशद्रोह आरोपको मुद्दामा विशेष अदालतले पुन सुनवाई सुरु गरेपछि सरकारका तर्फबाट उक्त जवाफ आएको हो । मुसर्रफमाथि देशमा संकतकाल लागु गर्दै सन् २००७ मा संविधान निलम्बन गरेको आरोपमा मुद्दा दायर गरिएको छ । सुरक्षाका कारण देखाउँदै मुसर्रफले पाकिस्तान फर्कन कयौं पटक अस्विकार गरिसकेका छन् ।

गृह मन्त्रालयले मुसर्रफलाई देश फिर्ता गर्न गरिएका प्रयासका सम्बन्धमा अदालतलाई रेड वारेन्ट जारी गर्न इन्टरपोललाई पत्र लेखेको जानकारी दिएको थियो । तर इन्टरपोलले राजनितिक मामिलामा हस्तक्षेप नगर्ने उल्लेख गर्दै पत्र फिर्ता गरेको थियो । गृह सचिवले भने ( सरकारले मुसर्रफलाई फिर्ता गर्न इन्टरपोलसँग सम्पर्क गरिएको थियो, तर उसले आग्रहलाई अस्विकार गर्यो ।

न्यायधिश यावर अलीले अदालतमा मुसर्रफको बयान स्काइपको माध्यमबाट रिकर्ड गर्न सम्भव छ, भन्ने प्रश्न राखेका थिए । अदालतले सेप्टेम्बर १० सम्मका लागि उक्त मुद्दाको सुनवाई स्थगित गरेको छ र आगामी सुनवाई स्काइपको माध्यमबाट मुसर्रफको बयान रिकर्ड गर्न सक्छ वा सक्दैन भन्ने विषयमा बहस हुने आदेश दिएको थियो । न्यायधिषले जाँचकर्ता बिना मुद्दाको जाँच गर्न सक्ने विषयमा पनि बहस हुने बताए ।

प्रतिक्रिया दिनुहोस्